पोखरा/ समाजसेवी पर्शुराम बरालको परिवारले सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागि २५ हजार ५५५ सहयोग गरेका छन् । छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैवाहिक वर्षगाँठको अवसरमा उनले सो सहयोग गरेका हुन् ।
सृजना विकास केन्द्र द्धारा २०६४ सालमा स्थापित बालगृहमा हाल १६ जना बालबालिका पूर्ण आश्रित रहेको बालगृह संयोजक सोमनाथ बरालले बताए । २०३७ सालदेखि शैक्षिक, सामाजिक महिला उद्यमी कार्य सहित सामाजिक कार्य गर्दै आएको संस्थाले बालगृहसँगै महतगौँडामा खानेपानी परीयोजना संचालन गर्दै आएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा थापाले बताए ।सहयोग वितरण कार्यक्रममा केन्द्रका सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, सचिव भिम सुवेदी, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, केन्द्रका प्रमुख दिलिप सुवेदीलगायतले बालगृहको विविध पक्षमा आ आफ्नो भनाइ राखेका थिए ।





