शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

परिवार नियोजन संघ कास्कीमा नवीन

परिवार नियोजन संघ कास्कीमा नवीन


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८०, सोमबार

पोखरानेपाल परिवार नियोजन संघ कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि नवीन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको कोषाध्यक्षमा विष्णुप्रसाद दाहाल, महिला सदस्य सविना तिमिल्सिना, दिक्षा पराजुली, किशोरी युवा सदस्य सपना थापा, क्रिसा सिग्देल, विशेषज्ञ सदस्य वीरेन्द्र बास्तोला, क्षेत्रबहादुर क्षत्री, गीताकुमारी जोशी र मनकुमारी गुरुङ शेरचन रहेका छन् ।निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठी र निवर्तमान सभापति निरञ्जन प्रसाद श्रेष्ठले प्रमाण पत्र वितरणसँगै बधाई ज्ञापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->