पोखरा/ पोखरा २६, बुढीबजारबाट खरानेफाँटसम्मको सडक बिस्तारको काम सुरुभएको छ । विजयपुर सिंचाइ प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुर्वतर्फबाट सवारी साधन संचालन गर्ने गरी बिस्तारको काम थालिएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले स्वतस्फूर्त रुपमा आफ्नो घर अगाडी मापदण्डभित्रको संरचना हटाएका थिए । केही ठाउँमा भने मापदण्डभित्रका संरचना हटाउन डोजर चलाइएको उनले बताए । आर्थिक वर्ष २०८०÷०८१ का लागि उक्त सडकमा एक करोड रुपैया विनियोजन गरिएको छ ।





