शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

महानगरका किसानलाई बाख्रा पाल्न ४४ लाख अनुदान

महानगरका किसानलाई बाख्रा पाल्न ४४ लाख अनुदान


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८०, मंगलबार

पोखरा/ पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख रुपैयाँ नगद अनुदान वितरण गरेको छ ।
मेयरमैत्री बाख्रा पकेट कार्यक्रमअन्तर्गत महानगरले १९१ जना कृषकहरूलाई ४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरेको हो । अनुदान पाउनेमा पोखरा १९ का २४ जना,२० का ३२,२१ का ४३, २४ का ३७ जना रहेका पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

मेयर धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रममा किसानलाई अनुदान वितरण गरेका हुन् । सो क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रको रुपमा विकास गर्न अनुदान दिइएको मेयर धनराज आचार्यले बताए । उनले कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता पनि गरे ।उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकहरूलाई निराश हुने वातावरण सृजना नगरिने उनको भनाइ थियो ।पोखरा .२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताए ।

महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पछिल्लो समय पशुहरूमा देखिएको समस्याप्रति सचेत रहेको बताउँदै रोकथाम र निदानका सम्भाव्य उपायहरूबारे तयारी गरिएको बताए ।

भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे ।
यसैबीच पोखरा २८ मा माझठाना कृषि उपज संकलन तथा बिक्री केन्द्रसमेत सञ्चालन गरिएको छ । केन्द्रको मेयर आचार्यले उद्घाटन गरे । केन्द्रको संचालन वडास्तरीय कृषि सञ्जालको समन्वयले गरेको हो । हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि संकलन केन्द्र सञ्चालनमा रहेका छन् भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->