बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नक्कली प्रमाणपत्रमा पक्राउ परेका सुनीलले ओलीलाई दिए धन्यवाद

नक्कली प्रमाणपत्रमा पक्राउ परेका सुनीलले ओलीलाई दिए धन्यवाद


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८०, शुक्रबार

काठमाडौं / नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशेष धन्यवाद’ दिएका छन् । अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि ‘पितासरह’ को भूमिका निर्वाह गरेको बताए ।

‘मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु । म उहाँलाई भेट्छु पनि,’ शर्माले भने ।

उनले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए । उनले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए । आजैमात्र ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई प्रक्राउ गरिएको बताएका थिए । उनको पार्टी एमालेले संसद्‍मा शर्माको पक्षमा वकालत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->