काठमाडौं / संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।





