बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोट नगरलाई बालमैत्री सूचक पुरा गर्ने चुनौती

गलकोट नगरलाई बालमैत्री सूचक पुरा गर्ने चुनौती


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८०, बिहिबार

बागलुङ/ गत जेठ १३ गते गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरियो । बालमैत्री स्थानीय शासनका ५१ सूचक पुरा भएकोले बालमैत्री घोषणा गरिएपनि सबै सूचक पुरा गर्ने चुनौती बढेको छ ।

घोषणाको साँढे दुइ महिनापछि पनि कतिपय सूचक पुरा गर्न कठिन भएको स्थानीयको गुनासो छ । घोषणाभएपछि पनि बालमैत्री अभियानकालागि स्थानीयले अझै व्यवहार परिवर्तन गर्न नसकेको सनीय ज्ञानबहादुर खड्काले बताए । बालबालिकालाई चुरोट तथा मदिरा बेच्ने समस्या व्यवसायीमा छ भने खेलमैदान र बिद्यालय तहमा बालमैत्री सामाग्री नभएको गुनासो बढेको हो ।

बालमैत्री नगर घोषणा भएको दुइ महिना पुगेपनि गलकोटमा अनुगमन नभएको स्थानीय खड्काले बताए । बालबालिकाले खाजा नपाएको, बालबालिका माथी दुव्र्यवहार समेत नरोकिएको उनले बताए ।

छिटफुट रुपमा रहेको बाल बिबाह अन्त्य गरेपनि अनुगमन नभएमा बढ्न सक्ने उनले बताए । यहाँका मुस्लिम समुदायका बालबालिका नियमित बिद्यालय आउन नसकेको, दलीत तथा बिपन्न बस्तीका बालबालिकालाई पढ्ने वातावरण बनाउन ढीला भएको लगायतका गुनासा बढेका हुन् ।

नगर प्रमुख भरत शर्मा गैरेले भने बालमैत्री अभियानको बिरुद्धका काम कहाँ र कसले गरेको छ भन्ने उजुरी भएमा सोही प्रकारले कारवाही प्रकृया अगाडि बढाउने, सम्पन्न हुन नसकेका काम पुरा गर्ने र बालमैत्री पूर्ण नगर घोषणागर्ने उनले बताए ।

गत जेठ १३ गते गलकोट नगरपालिकाले बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेको भन्दै बालमैत्री नगर घोषणा गरेको थियो । तीन बर्षदेखि नगरपालिकाले बालमैत्रीका ५१ सूचक पुरा गर्न पहल गरेको थियो । यो उपलब्धीलाई नगरप्रमुख भरत शर्मा गैरेले आफ्नो कार्यकालको महत्वपूर्ण कामको रुपमा चिनाएका छन् । ‘यो नगरपालिकाले गरेको अघिल्लो कार्यकालदेखि अहिलेसम्मकै महत्वपूर्ण काम हो’ गैरेले भने ‘यो अभियानमा साथ दिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय संघसंस्था, आम नागरिक समेतको मेहनतबाट एउटा परिणाम दिएका छौं ।’

बालमैत्री घोषणा भएपनि बनाउने संरचना, व्यवहार र आनीबानीमापनि बालमैत्री व्यवहार हुनुपर्ने नगर शिक्षा अधिकृत शिव खड्काले बताए । खानेपानी योजना निर्माण, धारा बनाउँदा बालबालिका मैत्री बनाउने र पानीको शुद्धिकरण समेत बालमैत्री अभियानका सूचक पुरा गनिन्छ । नगरक्षेत्रमा बनाउने भवनमा निर्माण संहिता पालना गर्ने, बालमैत्री संरचना बनाउने र बजेट नीति तथा कार्यक्रममा बालमैत्री स्थानीय शासनका आधार संबोधन गर्नुपर्ने छ ।

होटल लगायतका क्षेत्रमा बाल श्रमिक राख्न पाइने छैन । निकृष्ठ बाल श्रममा लाग्नबाट बालबालिकालाई बचाउनकालागि टोलटोलमा अभिमूखिकरण गर्नुपर्ने छ । ती बिषयमा चालुबर्ष खर्चने गरी बजेट बिनियोजन भएको गैरेले बताए । बालमैत्री बनाउन नगरपालिकाले तीन बर्षमा २ करोड लगानी गरेको सामाजिक बिकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए ‘हामीले शैक्षिक, स्वास्थ्य र समुदाय तहमा पुरा गर्ने सबै सूचक पुरा गरेका छौं’ भण्डारीले भने, ‘केही स्थानमा देखिएको बालबिबाहको समस्या पनि समाधान गरिसकेका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->