पोखरा/ गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न दोस्रो अधिवेशनले सिग्देल सहित १२ सदस्यिय प्रादेश क्रिकेट संघ सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत हुन् । उनी पर्यटन व्यवसायमा संलग्न छन् । संघको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ), कोषाध्यक्षमा दिवाकार थापा (स्याङजा) रहेका छन् ।
कार्यसमिति सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषीराम गौतम (कास्की), फणिन्द्र बहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशम बहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङजा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बाग्लुङ) रहेका छन् ।





