शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखराको न्यूरोडमा १० लाखको वृक्षरोपण

पोखराको न्यूरोडमा १० लाखको वृक्षरोपण


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८०, शुक्रबार
फाईल तस्वीर ।

पोखरा / ‘ग्रिन पोखरा–क्लिन पोखरा’ भन्ने मूलनारालाई सार्थक बनाउन पोखरा महानगरपालिका वडा ९ न्यूरोडस्थित बुटिक चौतारामा वृक्षरोपण गरिएको छ । झण्डै ४२ बुटिक चौतारामा गोल्डेन धूपी, सल्लो रोपिएको हो ।

महानगर प्रमुख धनराज आचार्यले वृक्षरोपण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । नयाँ सडक टोल विकास संस्थाको अगुवाइमा संस्थाका कावा अध्यक्ष मनोहर श्रेष्ठ, सचिव कृष्ण मर्सानी, पोखरा ९ वडाध्यक्ष दीपेन्द्र मर्सानी, महानगर प्रवक्ता मोती तिम्सिना, वरिष्ठ पत्रकार नारायण कार्की, रमेश पौडेललगायत नयाँ सडक टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यले समेत वृक्षरोपण गरेका हुन ।

वडा ९ को करिब ७ लाख र स्थानीयको जनसहभागिता गरी कुल १० लाखको लागतमा बुटिक चौतारा निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->