बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका पालिकाहरुको मूल्यांकनमा जैमिनी प्रथम

बागलुङका पालिकाहरुको मूल्यांकनमा जैमिनी प्रथम


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८०, बुधबार

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङले आर्थिक बर्ष २०७८/०७९ मा १० वटै स्थानीय तहको आन्तरिक मूल्यांकन गरेको छ । १ सय अंक भार राखेर बिभिन्न सूचकमा गरेको मूल्यांकनमा जैमिनी नगरपालिकाले सबैभन्दा धेरै ६६ अंक पाएको छ ।

जिल्लाका सबै स्थानीय तह र संघ तथा प्रदेश कार्यालयको बार्षिक समीक्षाको अबसरमा समन्वय अधिकारी कृष्णराज गौतमले समन्वय समितिको कामबारे प्रस्तुत गर्दै पालिकाको अंकतालिका पनि सार्वजनिक गरेका हुन् । मूल्यांकनमा बरेङ गाउँपालिका दोश्रो भएको छ । बरेङले ६५ अंक पाएको हो ।

त्यस्तै, काठेखोला गाउँपालिका र तमानखोलाले ६३ अंक पाएका छन् । गलकोट नगरपालिकाले ६२ अंक, बागलुङ नगरपालिकाले ५९ अंक, ताराखोला गाउँपालिकाले ६१ अंक पाएका छन् । ढोरपाटन नगरपालिकाको ५६ अंक, बडिगाडको ५५ अंक र निसीखोलाको ५३ अंक प्राप्त भएको हो ।

दशवटै पालिकाको अनुगमनपछि आवस्यक सुझाव दिइएको हो । समन्वय प्रमुख अमर थापाले गलकोटको ११ वटै वडामा बालमैत्री अबस्थाको अनुगमन गरेको र बालमैत्री नगर घोषणाको अनुमति दिएको समेत बताए ।

त्यस्तै सबै स्थानीय तहका ५ औं देखि नवौं तहसम्मका कर्मचारीको कासमु अनुगमन मूल्यांकन गरिएको उनले जानकारी दिए । वार्षिक प्रतिवेदन तयार पारेर संघिय मामिला मन्त्रालय र गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा पनि बुझाइएको हो ।

समीक्षा कार्यक्रममा मध्यपहाडी लोकमार्गको अतिक्रमण हटाउन पहल भएको, ढोरपाटन सालझण्डी, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरहरु निर्माण सम्पन्न गर्न राज्यका सबै निकायको ध्यानाकर्षण गराएको समेत बताइएको छ ।

अन्तर समन्वय समिति बैठक र ढोरपाटनमा समन्वय प्रमुखहरुको भेला गरिएको बिषयलाई पनि उपलब्धीको रुपमा प्रस्तुत भएको थियो । ढोरपाटनमा अबैध ढुंगाको कारोवार, बिभिन्न पालिकामा नदीजन्य बस्तुको चोरी निकासीमा निगरानी गरेको र अबैध रुपमा क्रसरहरु संचालन गर्न नदिएको समन्वयको उपलब्धीमा उल्लेख छ ।

मानिस तथा पशुमा लाग्ने रोग तथा महामारी रोकथामका लागि पहल भएको, कार्यालयको आन्तरिक व्यवस्थापन र बिकासमा हुने दोहोरोपना हटाउन निरन्तर अनुगमन गरिएको पनि बताइएको छ । समीक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद तथा पूर्व शिक्षा मन्त्री देबेन्द्र पौडेलले जिल्लाको बिकासको सबालमा जहिले पनि लागिरहने बताए ।

जिल्ला समन्वय समितिका संयोजक अमर थापाको अध्यक्षता, उपप्रमुख होमनाथ सापकोटाको स्वागत र सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेशसभाकी उपसभामुख बिना थापा, सदस्यहरु जितबहादुर शेरचन, गोबिन्द नेपाली, कुशुम बुढा, डिल्लीराम सुवेदी, द्रोण कुँवर, कृष्ण पाठक, दिलमाया पौवी, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बडिगाडका अध्यक्ष गण्डकी थापाले मन्तव्य राखेका थिए ।

दुइ दिनसम्म चल्ने समीक्षामा सबै कार्यालय र पालिकाको बार्षिक सम्पन्न भएका कार्यक्रम र आगामी कार्यक्रमको प्रस्तुतीकरण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->