पोखरा/ पोखरामा बुधबार इनोफेस्टमा सम्पन्न भयो । उक्त इनोफेस्टमा फोहोरबाट मोहोर बनाउन सिकाइयो । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन समेत सिकाइयो । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीको आयोजनामा भएका उक्त प्रदर्शनीमा वातावरणमा फोहोरको प्रयोग कसरी गर्न सकिन्छ भनेर प्रदर्शनी गरिएको थियो । जहाँ विभिन्न फोहोर तथा वस्तुबाट उत्पादन गरिएका वस्तु तथा सामग्री प्दर्शनीका लागि राखिएको थियो ।
त्यहि प्रदर्शनीमा हिमालयन लाइफ प्लाष्टिक प्रा.लि.ले समेत फ्याकिएका बोतल प्रदर्शनी गरेको थियो । जहाँ पोखरामा फ्याकिएका प्लाष्टिकका बोतल र सगरमाथामा फ्याकिएको बोतललाई दुई वन्डलमा राखिएको थियो । उक्त प्रा.लि.ले बोतललाई रिसाइकल गर्न सकिने र प्रयोग पछि फ्याकिएको बोतलको राम्रो आम्दानी हुने देखाइरहेको थियो । कम्पनीले मासिक रुपमा देशभरबाट ८० क्विन्टलको हारहारिमा बोतल किन्ने गर्छ अर्थात २८ लाख देखी ३२ लाख रुपैयाँसम्म खाली बोतलमा खर्च गर्छ । जसमध्ये पोखरामा मात्रै मासिक ४० टनको हारहारिमा बोतल प्रयोग गरि फ्याकिन्छ । तर यहि बोतलबाट समेत आम्दानी हुँदै आइरहेको छ । हिमालय प्लाष्टिकले प्रति केजी ३५ देखी ४० रुपैयाँका दरमा प्लाष्टिकका बोलक किन्ने गर्छ ।
हिमालयन लाइफ प्लाष्टिक कम्पनीले पोखरामा एक दशकदेखी प्लाष्टिकका हरेक बोतल व्यवस्थापन गर्दै आइरहेको प्रकाश भारतीले बताए । उनका अनुसार प्लाष्टिकको बोतललाई रिसाइक्लिङ (पुनः प्रयोग) गर्ने नेपालकै एकमात्र कम्पनी पोखराको हो । जहाँ नेपालका हरेक जिल्लामा फालिएका बोतलहरु आउने गर्छन् । बोतललाई पुनः प्रयोग गर्न मिल्ने र यसले वातावरणलाई स्वच्छ राख्न समेत ठुलो भूमिका खेल्ने उनको भनाई छ ।
‘रिसाइक्लिङको सबैभन्दा महत्वपूर्ण पार्ट भनेको वातावरणलाई स्वच्छ बनाउनु हो । रिसाइकल गर्दा कार्वन उत्पादनमा कमी आउँछ र स्वच्छ वातावरण बनाउनका लागि यसले महत्वपुर्ण भूमिका खेल्दछ’ उनले भने, ‘अहिलेको सन्दर्भमा हामीले घरहरुबाट, ल्यान्डफिल साइट र होटलहरुबाट उठाउँछौ । मासिक ८० देखि ९० टन बोटल संकलन हामीले गर्ने गरेका छौं । यहाँ सगरमाथा, लाङटाङ र सिजनल ठाउँहरुबाट समेत बोतल ल्याउने गरेका छौं ।’
बोतललाई कम्पनीमा ल्याइसकेपछि विभिन्न चरणमा प्रशोधन गरी त्यसलाई पगालेर दाना आकारमा परिणत गरिन्छ जसपश्चात पुनः बोतल बनाउने देखि विभिन्न प्लाष्टिकका बस्तु बनाउ सकिन्छ । बोतलमा तीन प्रकारको प्लाष्टिक पाइने उनले सुनाए । पेट बोतल, एनएलपी (मल्टि लेयर प्लाष्टिक), पिटिइ प्लाष्टिक पाइन्छ । पेट बोतललाई रिसाइकलमा हाल्दै नयाँ बनाउनका लागि तयार गरिने उनको भनाई छ । उनका अनुसार पोखरामा मात्रै मासिक ४० टन बोतल रिसाइकलका लागि आउने गर्छ । प्लाष्टिकका बोतल प्रति केजी ३५ देखी ४० रुपैयाँसम्म पर्ने उनले सुनाए । ‘हामीकहाँ आउने बोतल त्यसै लिदैनौँ त्यसको मुल्य पर्छ । प्रति केजी ३५ देखी ४० रुपैयाँसम्म विक्रि हुन्छ ।’
वातावरण महाशाखा प्रमुख कल्पना बरालले अहिले ल्यान्डफिल साइटको बोतल विक्रि गर्न नपाएको बताइन् । उनले बैकल्पिक रुपमा बनाएको ल्यान्डफिलमा सबै फोहोर व्यवस्थापन गर्ने सम्झौतामात्र भएकाले त्यहाँबाट बोतल निकाल्न नसक्दा कम्पनीले बोतलको कमी भएको गुनासो महानगरमा गरेको सुनाइन् । पोखराबाट दैनिक दुई सय टन फोहोर निस्किन्छ । उक्त फोहोर फोहोर नभई आम्दानीको राम्रो स्रोत हुने उनको भनाई छ ।
पोखरामा बोतलबाट आम्दानी हुनेभएपछि विभिन्न आमा समुहहरुलाई बोतल नफाल्न र त्यसको विक्रि गर्न महानगरले सुझाव दिदैँ आएको उनले सुनाइन् । ‘बोतलको विक्रि हुन्छ भन्ने कुरा नौलो होइन् । यो धेरै भइसक्यो । हामीले महिलाहरुलाई पनि भनिरहेका छौं बोतलबाट आम्दानी हुन्छ भनेर । अहिले पोखराका सडकमा बोतल कम देखिन्छ । यसको कारण नै आम्दानी हो’ उनले भनिन्, ‘सडकमा बोरामै बोकेर हिडिरहेका छन् । उनीहरुको पनि गुजारा चलिरहेको छ । पोखरा ७ मा त एक रुपैयाँको चार वटा वोतल खरिद गर्छन त्यहाँका आमा समुहले । हामीले समन्वय गरिरहेका छौं ।’ घरबाट निस्किने वेकारका कुरा फोहोर नभई स्रोत भएको उनी बताउछिन् । घर, होटल लगायत हरेक क्षेत्रबाट निस्किने वस्तु विक्रि तथा आम्दानी भएपनि त्यसलाई बुझाउन नसकिएको उनले बताइन् ।





