सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीले सम्झियो संविधान सभाका अध्यक्ष नेम्बाङलाई

गण्डकीले सम्झियो संविधान सभाका अध्यक्ष नेम्बाङलाई


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको स्मृतिमा मंगलवार पोखरामा विचार गोष्ठी गरेको छ ।
‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ विषय विचार गोष्ठीमा वोल्ने वक्ताहरुले संविधानसभाका अध्यक्ष नेम्बाङको सन्तुलित सोच र नेतृत्वदायी भूमिकाका कारण नै नेपालको संविधान घोषणा हुन सकेको धारणा राखे ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले नेम्बाङको सकरात्मक सोच, समन्वकारी शैली र सहन गर्ने सक्ने क्षमताले नै दोस्रो संविधानसभाले नयाँ संविधान दिन सकेको वताईन् । ‘विधार्थी आन्दोलनदेखिका सशक्त नेता, असल कानुनविद र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण आज मुलुक नै शोकमा डुबेको छ’, उपाध्यक्ष शाक्यले भनिन्, उहाँले विचारको राजनीति गर्दागर्दै पनि सन्तुलित ब्यवहार गर्नुहुन्थ्यो । यसले विपक्षलाई पनि सहज रुपमा सहमतीमा ल्याउन सक्ने क्षमता देखिन्थ्यो । उहाँको अभाव मुलुक र एमालेले सधै गरिरहनेछ ।’

कार्यक्रममा एमालेका सचिव एवं गण्डकी इन्चार्ज गोकर्ण विष्टले गणतन्त्र संस्थागत गर्ने, शक्ति विन्यास गर्र्ने र माओवादीको युद्धको गन्धले जगाएको पेचिलो अवस्थामा सवैलाई सहमतीमा लिएर संविधान निर्माण गर्न नेम्बाङको भूमिका महत्वपूर्ण रहेको वताए । उनले अहिलेको संविधान रहेसम्म नेम्बाङलाई सम्झिरहने भनाई राखे ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य किरण गुरुङले सभाध्यक्ष नेम्बाङ सहमती र समन्वयका लागि सकारात्मक सोच, चेत र उर्जावान नेता भएको वताए ।

नेपाली काँग्रेसका नेता एवं गण्डकी प्रदेशका कृषी, सहकारी तथा गरिवी निवारण मन्त्री महेन्द्रध्वज जिसीले आफुले पहिलो संविधानसभामा नेम्बाङसंगै रहेर काम गर्न पाएको स्मरण सुनाउदै नेम्बाङलाई समन्वकर्ताको रुपमा नेताहरुको पनि नेता मानिएको वताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकाजी गुरुङले शान्ति प्रक्रिया टुंगोमा लगाउन, संविधानको मर्म, भावना र दृष्टिकोण वुझ्न सक्ने र सकारात्मक योगदानको अनुशरण गर्ने सक्ने नेताको रुपमा नेम्बाङलाई स्मरण गरिरहनुपर्ने वताए ।

एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका स्थायी समिति सदस्य खगराज अधिकारी, पोलिटब्यूरो सदस्य थममाया थापा, पदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी लगायतले सुवासचन्द्र नेम्बाङको ब्यक्तित्व र उनले संविधान निर्माणमा दिएको योगदानको वारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->