नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा युएईमा दशैँ फेस्ट हुने भएको छ ।
जिरो टु वान इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा नेपाली कलाकारहरुको साथमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक नवीन सुनारले जानकारी दिए ।
उनका अनुसार १४ अक्टोबरमा स्काइटप ३६० जर्ज होटल दुबइ र १५ अक्टोबरमा खोरोशो क्लब दाना होटलमा आबुदाबीमा सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रमका लागि नेपालबाट उर्गेन मोक्तान, कभि जीको सहभागित रहनेछ भने ।
लोकल डिजे विजय, डिजे दिनेस र डिजे मिनाको प्रस्तुति रहनेछ । जिरो टु वानका अध्यक्ष दिपेन सिंह ठकुरीले नेपालीको महान पर्व वडा दशैँलाई आफ्नो भूमिमा नभएपनि प्रदेशमै नेपाली पन दिनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको बताए । जिरो टु वानले नयाँ प्रतिभा भएका कोहि भए उनिहरुलाई समेत अवसर दिने अध्यक्ष ठकुरीले जानकारी दिए ।
युएइमा रहेका नेपालीलाई दशैँको बेला निराशा नहोस् भन्ने उदेश्यका साथ कार्यक्रम गर्न लागेको नवीन सुनारले बताए ।





