सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

घान्द्रुकमा बन्यो चार किलोमिटर चक्रीय पदमार्ग

घान्द्रुकमा बन्यो चार किलोमिटर चक्रीय पदमार्ग


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८०, शनिबार

पोखरा/ कास्कीको चर्चित पर्यटकीय गन्तव्य घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन चक्रीय पदमार्ग निर्माण गरिएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको ४ किलोमिटर लामो पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरेका छन् । मन्त्रालयको ५ लाख र समितिको १ लाख ५० गरी ६ लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘घान्द्रुक संस्कृति र प्रकृतिको धनी गाउँ हो । यसमा चक्रिय पदमार्गले अझै टेवा पुग्ने छ,’ उनले भने, ‘प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोही अनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो ।’ पदमार्गले २ वटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको उनले सुनाए । पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यवसायीलाई पनि गुहार्ने योजना रहेको उनले सुनाए । ‘यो करिब ४ किलोमिटरको दूरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,’ उनले भने, ‘यसका लागि सरकार गुहार्ने कुरा त छदैछ अझै घान्द्रुकको होटल व्यावसयीलाई पनि भन्ने अनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।’

पदमार्ग निर्माणपछि एक दिन भएपनि पर्यटकको घान्द्रुक बसाइ लम्बिने स्थानीय अमृत गुरुङले बताए । यो पदमार्गको करिब २ किलोमिटर क्षेत्रमा वनजंगल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो । ‘यो पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइ अवश्य लम्ब्याउँछ,’ उनले भने, ‘यसको आधा भागमा वनजंगल पर्छ । यहाँ चराचुरुंगीको आवाजसँगै बन्यजन्तुहरु मृग, स्याल, बनकुखुरा अवलोकन गर्न सक्छन् ।’ पलमार्गमा चिया बगानसँगै फागुन चैतमा लालिगुराँससँग रम्दै समय बिताउन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->