सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै

नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८०, सोमबार

काठमाडौं / नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।

तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब एक हप्ता बाँकी छ । कहिलेकाहिँ सरदर मितिभन्दा दुई-चार दिन ढिलो-चाँडो पनि मनसुन बाहिरिने गर्दछ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । भारतको राजस्थानबाट भने मनसुनी वायु बाहिरिन सुरु गरिसकेको छ । भारतको मौसम विज्ञान विभागले भोलि सोमबारदेखि मनसुन बाहिरिन सुरु गर्ने जनाएको छ ।

मौसमविद राजु प्रधानाङ्गले भारतबाट मनसुन बाहिरिन सुरु गरिसकेकाले पश्चिम नेपालबाट पनि एक हप्तापछि मनसुन बाहिरिन सुरु हुनसक्ने अनुमान गरिएको जानकारी दिए । उनलेnभने, ‘नेपालबाट मनसुन कहिले बाहिरिन्छ भनेर अहिले नै ठ्याक्कै त भन्न सकिँदैन तर भारतको राजस्थानबाट बाहिरिन सुरु गरिसकेकाले नेपालमा पनि एक हप्तापछि सुरु होला भन्ने अनुमान हो ।’

मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ । सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->