सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पेकको थेसिस आर्किटेक्चर प्रदर्शनी

पेकको थेसिस आर्किटेक्चर प्रदर्शनी


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

पोखरा/पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा भएको एक दिने आर्किटेक्चर शोधकार्य (थेसिस) प्रदर्शनी सम्पन्न भएको छ । पोखरा ६ हल्लनचोक स्थित फेवा किनारमा विधार्थीहरुलाई हौसला प्रदान गर्दै आर्किटेक्चर प्रदर्शनी सम्पन्न भएको हो ।

कलेजले थेसिस सार्वजानिक गर्ने अवसर दिदाँ खुसी लागेको विधार्थीहरुले प्रतिक्रिया दिए । आफुहरु नयाँ पूर्वाधारका लागि कस्तो आर्किटेक्चर बनाउने भन्ने विषयमा सिर्जना गर्न सक्षम रहेको र अवसर पाएमा गर्न सक्ने उनीहरुको भनाई थियो । कलेजले प्रदर्शनीमा राख्दा अवसरको सिर्जना हुने सहभागि विधार्थीहरुले बताए । उक्त प्रदर्शनीमा भवनहरु बनाइएको थियो । घरदेखी रंगशालासम्मको आर्किटेक्चर प्रदर्शनीमा राखिएको थियो ।

क्रिकेट मैदानको आर्किटेक्चर तयार पारेका आशिष पाण्डेले नेपालमा अत्याधुनिक क्रिकेट रंगशालाको आवश्यकता रहेको बताए । उनले विश्वमा खेलकुदले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र देशलाई चिनाउने काम भएकाले नेपालमा पनि खेल विकासका लागि रंगशालाको आवश्यकता रहेको सुनाए । ‘अहिले नेपालले क्रिकेटमा छलाङ मारिरहेको छ । धेरै टाढा जानै पर्दैन भारतमा हुने आइपिएललाई हेरौं । त्यो कति भव्य छ’ उनले भने, ‘विश्वमा ठूला ठूला क्रिकेट रंगशाला छन् नेपालमा छैन’ त्यहि भएर मैले यो बनाएको हुँ ।’ उनका अनुसार गण्डकी प्रदेशमा उक्त रंगशालाको निर्माण गर्न सकिनेछ । यस्तै मिलन नेपालीले नेपालमा खेल पूर्वाधारको कमी रहेको र यहाँको भूगोल अनुसारको मैदान कसरी बनाउन सकिन्छ भन्ने कुरा देखाएको बताए । उनले फुटबल रंगशालाको परिकल्पना गर्दै थेसिस गरेका हुन् ।

असिम शेखले बस टर्मिनल बनाए । नेपालमा अव्यवस्थित बसपार्कले यात्रुलाई निकै सास्ती भएको सुनाउँदै बस टर्मिनल थोरै बजेटमा स्तरीय बनाउन सकिने बताए ।
विभिन्न २२ विषयका आर्किटेक्चरसंगै अन्य आर्किटेक्चर डिजाइनका मोडेलहरु, चित्रकला लगायतको प्रदर्शनी भएको थियो । कलेजले सन् २०१७ बाट आर्किटेक्चरको अध्यापन सुरु गरेको हो । ६ वर्षे कोर्षबाट उत्पादन भएका २२ जना विधार्थीको थेसिसको प्रदर्शनी गरिएको हो । पोखरा विश्व विधालयका रजिस्टार दिपक बहादुर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सोधकार्यको प्रदर्शनी वास्तविकतामा परिणत हुनुपर्नेमा जोड दिए ।

कलेजका निर्देशक अम्मर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल सोम गुरुङ, पर्यटन व्यवसायी गणेश भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम सञ्चालन आर्किटेक्चर लुना थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->