
काठमाडौं / पशुपतिनाथको ज्योतिर्लिङ्गमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्किालन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालिन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापा र कर्मचारी विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो (१ किलो ४९१.७१८) सुन हिनामिना भएको दावी गरेको छ । उनीहरूमाथि उक्त सुनको बजार मूल्य बराबरको रकम १ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । कोषका सदस्यसचिव प्रदीप ढकालमाथि यसअघि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलेको छ ।
जलहरी निर्माण समितिका संयोजक समेत रहेका कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा पदावधि समाप्त नहुँदै सदस्य सचिवमा नियुक्त भएका थिए ।





