पोखरा/ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन् ।
‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन । केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ,’ एमाले गण्डकीको प्रथम अधिवेशनलाई संवोधन गर्दै उनले भने,‘ कुनै जंगलमा दुईवटा सिंह हुँदैन । कि हारेर बस्छ, कि हिजोजस्तो वामदेव र माधव नेपालजस्तो । कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन । ६७४३ वडामा एकैदिन अधिवेशन ग¥यौ । त्यही माधव नेपाल भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन हुँदैनथ्यो । यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो ।’
उनले मिसन २०८४ भनेकै केपी ओली नेतृत्वको सरकार भएको पनि बताए । उनले पार्टीमा एकता चाहिएको बताउँदै विभाजनले शक्ति प्राप्त हुन्छ भन्ने २०५४ सालमा कमरेड वामदेवले लगाएको कुरा फत्तुर रहेछ भन्ने पुष्टि भइसकेको जिकिर पनि गरे ।





