सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले गण्डकीको बन्द शत्र सुरु

एमाले गण्डकीको बन्द शत्र सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८०, सोमबार

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम प्रदेश अधिवेशनको वन्द शत्र सुरु भएको छ । अमरसिंह चौरमा दिउसोको उदघाटन शत्र सकिएपछि साँझ पोखरा सभागृहमा बन्द शत्र सुरु भएको एमालेले जनाएको छ ।

बन्द शत्र सञ्चालनका लागि एमालेले पार्टी केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज गोकर्ण विष्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी, थममाया थापा, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, टेकराज सिग्देल, लीला वहादुर थापा, मन केसी जिसी, केन्द्रिय सदस्य टुका हमाल र पद्मा जिसी रहेका छन् ।

बन्द शत्रमा एमालेका प्रदेश अध्यक्ष नवराज शर्माले राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरीरहेका छन् ।

बन्द शत्रको सुरुमा अध्यक्ष मण्डलका अध्यक्ष विष्टले पार्टीलाई एकमना एकताका साथ अगाडि बढाउन प्रदेश अधिवेशनलाई सकेसम्म सहमतीमा नेतृत्व निर्माण गर्न प्रतिनिधीहरुलाई अनुरोध गरे । कार्यक्रमको सञ्चालन जगत विश्वकर्माले गरेका छन् ।

अहिले प्रतिवेदन प्रस्तुत गरेर ग्रुप विभाजन गर्ने र मंगलवार ग्रुप छलफल र प्रस्तुती गर्ने तथा दिउसोबाट निर्वाचनका कार्यक्रम अगाडि बढाउने कार्यक्रम तय भएको प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->