बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समावेशी बचतमा पुन: सीता गुरुङ

समावेशी बचतमा पुन: सीता गुरुङ


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८०, शुक्रबार

पोखरा/ समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः सीता गुरुङ निर्विरोध निर्वाचित भएकी छन् ।

पोखरा महानगरपालिका वडा नं १ बागबजारमा रहेको संस्थाको बिहीबार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रञ्जनकुमार बुद्धाचार्य, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा सीता अधिकारीलाई निर्विरोध चयन गरेको छ ।

यस्तै सदस्यहरुमा कल्पना थापा, ईन्दु भट्टराई, विजया गुरुङ, ज्ञानु शाक्य, पारसकुमार गुरुङ, पुरुषोत्तम श्रेष्ठ र रामप्रसाद श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन मण्डलमा संयोजक ध्रुवसिंह खड्का, सदस्य भीम कुमारी गुरुङ र सन्जय श्रेष्ठ रहेका थिए । संयोजक खड्काका अनुसार लेखा समितिको संयोजकमा रामप्रसाद अधिकारीलाई चयन गरिएको छ । सदस्यमा पदम कुमारी गुरुङ र लक्ष्मी शर्मा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->