मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेः मुख्यमन्त्री पाण्डे

मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेः मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८०, शुक्रबार

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ख द्धारा पोखरामा बिहीबार आयोजित नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन एवं विजयदशमी शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले सबै जात, धर्म, भाषा र संस्कृतिलाई एकताको रुपमा लिदै आएकोमा अहिले आएर नेपाली भाषा र धर्मप्रति प्रहार गरी मुलुकलाई कमजोर बनाई जनताले प्राप्त गरेको उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र भएको जिकिर गरे ।

उनले कांग्रेस भित्र कमी कमजोरी भएको स्वीकार्दै सबै नेता तथा कार्यकर्ताहरुले आफ्नो कमजोरीलाई सच्याउँदै जानुपर्ने पनि बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेसको विकल्प कांग्रेस नै भएकाले कांग्रेसमा नै रहेर प्रजातन्त्रको पूर्ण सदुपयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा कास्कीका सभापति किशोरदक्त बरालले विदेशीने युवाहरुलाई स्वदेशमै रोजगार दिनको लागि कृषि र अन्य उत्पादनशील क्षेत्रमा लाग्नको लागि नितिगत रुपमै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

कास्की पूर्वसभापति कृष्ण केसीले पार्टी भित्रको आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गरेर जान सकेमात्र पार्टी एकढिक्का हुने बताए ।

कास्की क्षेत्र नं १ खका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सह–महामन्त्री कोपिला रानाभाट, गण्डकी प्रदेशसभाका सासंद सरस्वती गुरुङ, गण्डकी प्रदेशका प्रवक्ता मधु बास्तोला, युवा नेता बोधराज कार्की, राजेन्द्रमणि लामिछाने, सुदिप भट्टराई,पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी, तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङ, कास्की सदस्य अर्जुन गुरुङ, महासमिति सदस्य दिपक गुरुङलगायतका नेताहरुले कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->