सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै

आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८०, आइतबार

पोखरा/नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ । ​

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार)को पूजा गर्ने चलन पनि छ । नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->