शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रतिभामा कोड फेस्टिभल सुरु

प्रतिभामा कोड फेस्टिभल सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

पोखरा/पोखरा नदीपुरस्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ ।

कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो ।
उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यो विद्यार्थीहरुको लागि बिदाको राम्रो सदुपयोग भएको सापकोटाले बताए ।

विद्यालयका कम्प्युटर शिक्षक प्रविण ढुंगानाले उक्त फेस्टिभल संयोजन गरेका छन् भने कोडिङ कक्षाको प्रशिक्षकको रुपमा विवेक खत्री र सुरज श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->