बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भूकम्प प्रभावितलाई गण्डकी प्रदेशले १ करोड सहयोग दिने

भूकम्प प्रभावितलाई गण्डकी प्रदेशले १ करोड सहयोग दिने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

पोखरा / गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका प्रभावितहरुलाई सहयोग गर्ने गरी कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गण्डकी मन्त्रिपरिषद्को आईतबार बिहान बसेको बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो ।

‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड रुपैयाँ दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रवार राती भुकम्प गएको र शनिवार बिहानै भुकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको थियो । ‘स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेर अहिले उपचार गराईरहनुभएको छ’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिकप्रति श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन प्रकट गर्दै घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->