पोखरा/ पोखराका पर्यटन व्यवसायीहरु सामाजिक उत्तरदायित्व बहन नगरेको आरोपबाट मुक्त छैनन् । नकमाएको बेला त ठीकै छ, कमाएको बेला पनि राजश्व छलीदेखि गैरव्यावसायिक क्रियाकलाप गरेको आरोप स्वयं व्यवसायीले पनि चिर्न सकेका छैनन् । पर्यटन उद्योगलाई सुविधा दिनुपर्ने माग भने उनीहरु पटक–पटक दोहो¥याइरहन्छन् । त्यसो त, नेपालको पर्यटनले कुल ग्राहस्थ उत्पादनमा दिने योगदान १० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन । पर्यटनको राजधानी मानिने पोखरा स्वयंले पनि गण्डकीको कुल ग्राहस्थ उत्पादनमा दिने योगदानको हिस्सा कम नै छ ।
कर नतिरेको, फेवातालजस्ता प्राकृतिक स्रोत दोहन गरेको आरोप लागिरहने यो क्षेत्रले प्रवद्र्धनको लागि भन्दै राज्यबाट भने ठूलै सुविधा लिइरहेका छन् । जसको पछिल्लो उदाहरण बनेको छ–‘जाऊँ है पोखरा अभियान ।’
होटल संघ पोखराको टोली १६ कात्तिकमा ‘जाऊँ है पोखरा’ अभियान लिएर देशका पूर्वी जिल्लाको भ्रमणमा निस्क्यो । उसको खर्चपर्चको चाँजोपाँजो भने पोखरा महानगरपालिकाले मिलाइदियो । महानगर स्रोतका अनुसार प्रवद्र्धनको लागि होटल संघलाई १० लाख रुपैयाँ दिइएको थियो । जनताले तिरेको ‘कर’बाट उठेको पैसा लिएरे सो टोली हिँडेको दोस्रो दिन नै विनासकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति पु¥यायो । सिंगो देश नै शोकमा डुब्यो । शोकको बेला सरकारी र गैरसरकारी संस्थाका धेरै कार्यक्रमहरु स्थगनमा परे । तर, होटल संघ पोखराले भने अभियान रोकेन । प्रवद्र्धनको नाममा औपचारिकता निभाउने अन्तत्र्रिmया र खानपानमै भ्रमण टोली रमायो ।
‘हामीलाई टोलीमा समावेश हुन निम्तो गरियो,गइयो पनि,’भ्रमण टोलीमा रहेका एक सदस्यले भने,‘भूकम्पपछि लाजगालको लागि पनि अभियान स्थगित गर्नुपर्ने हो क्यारे तर आयोजकले त्यता ध्यान दिएनन् ।’
प्रवद्र्धनात्मक कार्यक्रमको औचित्य नि ? उनले यो प्रश्नको उत्तरमा भने,‘नगरपालिका,पर्यटन बोर्डलगायतका सरकारी निकायले हामीजस्ता संघ÷संस्थाको लागि वर्षेनी केही रकम छुट्टयाएका हुन्छन्,यो कार्यक्रम त्यसकै निरन्तरता त हो नि ।’
उनी त्यतिमै रोकिएनन् । यसअघि नेपाल पर्यटन बोर्डको पोखरा कार्यालय प्रमुख र यहाँका पर्यटनसम्बद्ध संघ÷संस्थाबीच विवाद चर्कनुको कारण पनि भनेजति रकम नपाउनु नै रहेको जिकिर पनि गरे ।
उनका अनुसार पर्यटनसम्बद्ध संघ÷संस्थाका अध्यक्ष र प्रतिनिधिहरु स्वार्थ मिलिञ्जेल पर्यटन बोर्डका हाकिमहरु रिझाउनमै लागे । तर, जव स्वार्थ बाझियो अनि त्यही संस्थाविरुद्ध वक्तव्यबाजीमा उत्रिए ।
प्रवद्र्धनको लागि पर्यटन बोर्ड वा अन्य सरकारी निकायबाट प्राप्त रकमको सदुपयोग हुन नससकेकोमा त पोखरा पर्यटन परिषद्का एक पूर्वअध्यक्षले पनि सहमति जनाए । ‘हाम्रो संस्था अहिले कुहिरोको कागजस्तो भएको छ, यहाँ आफ्नो स्वार्थबाहेक कसैले केही कुरा गर्दैन्,त्यसैले हामीप्रति राज्यले हेर्ने दृष्टिकोण नै नराम्रो हुँदै आएको सत्य हो,’नाम नलेख्ने सर्तमा उनले भने ।
यता पूर्व भ्रमणको क्रममा त्यहाँका पर्यटन व्यवसायीहरुले पोखरेली पर्यटनकर्मीलाई यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेको होटल संघको सचिवालयले जनाएको छ ।
जाऊँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० कात्तिक सम्म पूर्वी नेपालको भ्रमणमा निस्केको होटल संघ पोखरा नेपालको टोलीलाई पूर्वेलीले पोखरा घुम्न लाग्ने बजेट र प्याकेजबारे पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रममा सोधेका थिए ।
जवाफमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वेब पोर्टल र प्रसिद्ध पत्रिकाले लेख्दै आएको स्मरण गराए । विश्व प्रसिद्ध फोब्र्स पत्रिका र अन्तर्राष्ट्रिय वेब पोर्टल प्राइस अफ ट्राभल डट कमले पोखरालाई संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विगतमा उल्लेख गरेका थिए ।
प्याकेजबारे थप प्रष्ट पार्दै अध्यक्ष सुवेदीले कोभिडका कारण पर्यटन क्षेत्र थला परेको र यसलाई विस्तारै लयमा फर्काउन विगतमा पर्यटकीय सेवासुविधामा भारी छुट प्रदान गरिएको र अहिले पनि विभिन्न होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र साहसिक पर्यटकीय गतिविधि संचालकहरुले कोभिडअघिको तुलनामा ५० प्रतिशतसम्म कम दरमा आफ्ना सेवाहरु प्रदान गरिरहेको अवगत गराए ।
पोखरा महानगरपालिकाको प्रवद्र्धनमा यसपटक संचालित कार्यक्रमअन्तर्गत बर्दीवास, जनकपुरधाम, इटहरी, विराटनगर, विर्तामोड, धनकुटा र चितवनमा संघले जाउँ है पोखरा अभियान संचालन गरेको थियो । पूर्व र पोखराबीच पर्यटक तथा व्यवसायको आदानप्रदान र आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । होटल तथा पर्यटन व्यवसायी संघ बर्दिवासका अध्यक्ष गोपाल कार्कीले पोखराका व्यवसायीले अघि सारेको पर्यटकीय साझेदारीको अवधारणा सकारात्मक रहेको बताए ।
पोखरामा पर्यटकको खर्च गर्ने क्षमता अनुसार एक हजार रुपैयाँदेखि दशौं हजार मूल्य पर्ने कोठाहरु उपलब्ध भएको भन्दै संघले पोखरा घुम्नका लागि पूर्वका वासिन्दालाई निम्ता प्रदान गरेको छ । अभियानको क्रममा पूर्वका व्यवसायी र पोखरेली व्यवसायीहरु विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाइ उडानलाई पुनः नियमितता प्रदान गर्न पनि एकमत भएका छन् ।
होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सेवालाई दीगो बनाउने गरी अब तयारीका साथ हवाई सेवालाई पुनः नियमित गरी स्तरीय पर्यटक बस सेवा समेत पोखरा जोड्ने गरी संचालन गरिनुपर्ने सुझाव राखे । यसका लागि आफूहरु तयार रहेको पूर्वका व्यवसायी भविशकुमार श्रेष्ठले प्रतिक्रिया जनाए ।
भ्रमण टोलीमा रहेका पोखरा पर्यटन पषिद्का अध्यक्ष पोमनारायण श्रेष्ठले स्थगित भएका पूर्व र पोखरा जोड्ने हवाई सेवा पुनः संचालन गर्न पहल भइरहेको बताउँदै चार लेनमा बिस्तार हुँदै गरेको मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्रे गर्ने कार्य सुरु भइसकेको स्मरण गराए ।





