शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीसहित देशभरका केही ठाउँमा हिमपातको सम्भावना

गण्डकीसहित देशभरका केही ठाउँमा हिमपातको सम्भावना


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८०, शनिबार

पोखरा/ मौसममा पश्चिमी वायुको प्रभावले बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो । आज देशको पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
केही ठाउँमा हिमपात हुने र चिसो बढिरहेकाले सतर्क रहन महाशाखाले सचेत गराएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->