बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हीरकजयन्ती मनाउँदै पोखराको राष्ट्रिय मावि

हीरकजयन्ती मनाउँदै पोखराको राष्ट्रिय मावि


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८०, सोमबार

पोखरा / पोखराकै पुरानो राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरबाट हीरकजयन्ती मनाउने भएको छ । विद्यालयले हीरकजयन्तीको अवसरमा मंसिर २० गते प्रभातफेरी र वर्षभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

हीरकजयन्तीको शुभारम्भ र प्रभातफेरी कार्यक्रमको पूर्वसन्ध्यामा विद्यालयमा अध्य्यन गरेका पूर्वविद्यार्थी, पूर्वशिक्षक÷कर्मचारी, पूर्वविद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पूर्वशिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यसहित मुल समारोह समितिको बैठक बसेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाका अनुसार प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदीपुरस्थित नारायणस्थान मन्दिरबाट सुरु गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->