पोखरा / जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्यांकनसम्बन्धी एकदिने अन्तक्र्रिया आयोजना गरेको छ ।
अन्तक्र्रियाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे । प्रमुख पौडेलले मूल्यांकनस्तरलाई केन्द्रमा राखेर दुर्बल पक्षलाई न्यूनीकरण गर्दै सबलतातर्फ उन्मुख हुन आग्रह गरे ।
शासकिय क्षमता अभिवृद्धिको मूल लक्ष्यमार्फत् समृद्धि प्राप्त हुने हुँदा सुशासनका लागि वित्तीय सुशासन महत्वपूर्ण पाटो भएको उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे तथा कोष तथा लेखा नियन्त्रक केशवराज ढकालले सहजीकरण गरेका थिए ।
कास्कीका पाँच पालिकाका अध्यक्ष र कार्यकारी अधिकृतसहितका कर्मचारीहरु अन्तक्र्रियामा सहभागी थिए ।





