बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ सहकारीको २२ औं साधारणसभा

बागलुङ सहकारीको २२ औं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८०, आइतबार

बागलुङ/ बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले बीस बुँदे नीतिहरु पारित गरेको छ । सहकारीले हाल संचालन गरिरहेको सुपथ मूल्य पसललाई बिस्तार र व्यवस्थित बनाउने, आफने कार्यक्षेत्रको पहिचान नगुम्ने गरी मर्जमा जाने, आर्थिक कारोवारलाई थप व्यवस्थित बनाउने लगायतको निर्णय गरेको हो ।

संस्थाका शेयर सदस्यलाई ३० हजार सम्म शेयर रकम थप्ने बाटो खुला गरिएको अध्यक्ष अशोकगोबिन्द राजभण्डारीले बताए । सहकारीमा गत असार मसान्तसम्म सहकारीमा ६ करोड ६५ लाख शेयर पूजि पुगेको छ ।

कोषतर्फ ३ करोड ११ लाखको जेगडा कोष, संस्थागत कोष ९६ लाख, जोखिम कोष २ करोड र अन्य १ करोड १७ लाखको कोष बनाएको जानकारी गराइयो । गत आर्थिक बर्ष सहकारीले १ करोड ५ लाख मुनाफा निकालेको छ । उक्त अबसरमा असल ऋणी, उत्कृष्ठ बचतकर्ता, नियमित कारोवार गर्ने, जेष्ठ नागरिक बचत र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरियो ।

सहकारीका अध्यक्ष अशोकगोबिन्द राजभण्डारीको अध्यक्षता, सहसचिव उशा पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा समाज सेवी देबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सहसचिव उशा पौडेलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र शाक्यले आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->