मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लिभिङ्ग टुगेदरः सामाजिक अपराध !

लिभिङ्ग टुगेदरः सामाजिक अपराध !


  • प्रकाश जिसी
  • मंसिर २६ २०८०, मंगलबार

अहिले बिकसित भनिएको ‘समाजमा लुकाइएको जस्तो गरिएको तर छ्याङ्गै देखिएको अपराध’ हो लिभिङ्ग टुगेदर । जो कसैको निम्ती बाध्यता हो भने अधिकांशको निम्ती खुल्लापन र जीवन चलाउने आधार । अधिकार भन्दै आफूखुशी गर्ने रहर यसमा हुन्छ । बिना करार केटा र केटी (एउटा पुरुष र एउटा स्त्री) संगै वस्छन् । यो वसाईमा यौन एउटा साधारण बस्तुभन्दा माथि हुदैन ।

लिबरल समाजमा यो सहजै पाँच्य हुन्छ भने बिबिध धार्मिक समाजले यसलाई यौनिक पापमा रमाउने ब्यक्तिहरूले यौनको मज्जा लिने खुल्ला बाटो भन्दछन । किनकी परिवार (समाज) मा निर्णय जसरी हुन्छ सन्तानले गर्ने निर्णय त्यस्तै हुन्छ । अभिभावकले गरेको र गर्ने ब्यवहार सन्तानले अचेतन मनमा छिटो सिक्छन अनि आफ्नो समयमा प्रयोग गर्छन । अर्थात बालबालिकालाइ जे सिकाइन्छ बृद्धावस्थासम्म उनीहरू त्यसबाट तर्किएर जान सक्दैनन, निकै नै गाह्रो हुन्छ । यसमा आर्थिक खर्च बरू आआफ्नो भनेर गरिन्छ तर यौनिक सन्तुष्टीका लागि यौन फ्रीमा दिइन्छ र लिइन्छ । यस्तोगरी बस्नेहरू चित्त परून्जेल र मिलिन्जेल बसिरहन्छन तर स साना कुरामा चित्त बुझेन भने तत्कालै टाढिइन्छन र अर्को चित्त बुझ्नेसङ्ग बस्ने गर्छन । यस्तो बसाईसराई डरलाग्दो छ । यस्ताहरूमा अर्कोलाई क्षमा होइन आफ्नो जित हुनैपर्छ भन्ने मान्यता हावी हुन्छ ।

यसरी रहनेहरूको समाज (देश) मा जहा भौतिक सुखसुबिधा नै सर्बोपरी हुन्छ अनि मानव अधिकारको नाउमा भ्रुणको जन्मन पाउने अधिकार नै गर्भमै हत्याद्वारा समुल नष्ट गरिन्छ । यस्ताहरूले सितीमिती बालबच्चा जन्माउन चाहदैनन जसका कारण अधिकांश गर्भ निरोधक पिल्सहरूको अत्याधिक प्रयोग गर्ने समेत बिबिध अध्ययनहरुबाट देखिन्छ । यस्ताहरुबाट जन्मिएका र हुर्काइएका बालवच्चाहरूमा समेत यस्तै प्रकारको सोच हावी हुन्छ । किनकि परिवार र जोडी जीवनको महत्व अनि यौनिक शुद्धताको कुरामा यिनिहरूलाई कुनै चासो र चिन्ता हुन्दैन बरू यिनिहरू सधै नै म, मेरो, मेरा लागी सन्तुष्ट हुन सक्नुपर्छ भन्ने शिक्षाको भावनाबाट मात्रै बिकृतरूपमा बिकासित हुदै आइरहेका हुन्छन । यसरी रहने मध्ये एकजना स्वार्थी भने बालबच्चा जन्मिएपछि कि त बालबच्चा सडकमा पुग्छन कि एक्लैले हुर्काउने बाध्यता आइपर्छ । अनि बल्ल बोझले थिचिएर आफ्नो कमजोरी देख्न थाल्छन र आफैलाइ सम्हाल्न सकेनन भने बिबिध लागुपदार्थको सेवनमा लिप्त समेत हुन पुग्छन । यस्तो समस्या महिलाहरूले बढि झेलेको देखिइन्छ । धनी राष्ट्रहरूले त त्यस्ताहरूको राम्रै भौतिक भरण पोषण गरिदिन्छ होला तर हाम्रो जस्तो देशले त त्यो पनि सक्दैन ।

नेपालमा त्यसरी जन्मिएका अधिकांश बालबालिकाहरू जो सडकमा पुगिसकेका छन । उनीहरूको राम्रो ब्यवस्थापन नहुँदा उनीहरू सडक बालबालिकामा रुपान्तरण भैहाल्छन, भैरहेका छन । अनि दुर्ब्यसन र यौनजन्य अपराधको शिकार हुनपुग्छन र भइरहेका छन भन्दा अत्युक्ती नहोला कि ? अनि हुकर्दै जाँदा अपराधिक गतिबिधिमा रमाउन बाध्य हुनसक्छन । भैरहेका पनि छन । तर केहि बालबच्चाहरू बिबिध ब्यक्ति र सँस्थाहरूको प्रेमिलो पहलमा भौतिक सुबिधामा रम्न फेरि मौका पाएका हुनसक्छन तर छुटफुट बाहेक अधिकांशले अभिभावकीय प्रेम पाउनै सक्दैनन्।

अझै उनीहरूको जन्मदर्ता नभएकै कारण नागरीकताको समस्या छ र यसमा धेरै महिलाहरू पिडित पनि भएका छन । आफ्नै सन्तानको नमिठो गाली सहन समेत बाध्य भएका छन । नागरीकता बिधेयक पास भएपछि आमाको नामबाट नागरीकता पाउन थालिएको छ र अलिक सजिलो भएको छ तर त्यसरी नागरीकता दिलाउनका निम्ती आमा जिवीत हुदाँ उस्ले ढाटेर आमा म हुँ बाउ को हो थाहा छैन भनेर लिनुपर्ने कारण महिलाहरूले झुटले थिचिएर झुटको सहाराले सन्तानलाई नागरीकता दिलाउन बाध्य पनि छन । जुन दुखदायी मात्रै होइन, कतिपयलाई त निकै नै पिडादायी छ । बाउ को हो स्पष्ट छ तर बाउ को हो थाहा छैन भन्नुपर्ने बाध्यत्मक परिस्थीती छ । सबैलाइ ढाट्न सकिन्छ तर आफ्नै मनलाइ कसरी ढाट्ने ? भने आमा बितीसकेको वा अर्कैसङ्ग रहन गएको वा बिबाह नै गरेको तर बाउ छोडी भागेको वा मरिगएको बालबच्चाहरूको समस्या अझै पनि बिकराल छ । उनीहरुको बारेमा तीन तहकै सरकारसंग न रेकर्ड छ न त योजना नै छ । जन्मदर्ता नभएकै कारण त्यस्ताहरूको भरणपोषन गर्न सडक बाध्य छ ।
(म धार्मिक आध्यात्मिक समाज रुचाउने भएकोले गर्दा मेरो लेख सोहि अनुसार छ । )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->