बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठमाडौंबाट पक्राउ परे पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी

काठमाडौंबाट पक्राउ परे पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०८०, बिहिबार

पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

दर्लामीलाई लिन कास्की प्रहरीको टोली धादिङको गजुरीतर्फ गइसकेको छ । दर्लामीलाई बिहीबार राति नै पोखरा ल्याइने कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताए । ‘कास्की प्रहरीको अनुरोधमा काठमाडौंले पक्राउ गरेको हो,’ उनले भने, ‘फरारको सूचीमा भएको बाँकीलाई पक्राउ गर्न गम्भीर छौं ।’

रकम हिनामिनामा रास्वपा अध्यक्ष रवि लामिछाने समेतको संलग्नता देखिएको उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पुस ६ मा पत्राचार गरिसकेको छ । सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->