बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सबै सहकारीले नियम मान्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

सबै सहकारीले नियम मान्नुपर्छ : नगरप्रमुख श्रेष्ठ


  • Dhorpatan News
  • पुष १५ २०८०, आइतबार

बागलुङ/ एकता सहकारी संस्था लिमिटेडको पच्चिसौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीलाई सदस्य मैत्री बनाउन आग्रह गरे । उनले सहकारीलाई आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय बनाउन आग्रह गरे । उनले नगर भित्रका सबै सहकारीले नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका केही नकरात्मक घटनाहरुले सबै सहकारीहरु उस्तै हुन् भन्ने खालको अवस्था सिर्जना भएको भन्दै उनले सहकारीका असल अभ्यास र क्रियाकलापहरु आम जनताका बीचमा पुर्याउन आग्रह गरे ।

कार्यक्रममा संस्थाका संरक्षकहरु देवबहादुर श्रेष्ठ, पद्मचन्द्र राजभण्डारी, पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ, कानुनी सल्लाहकार काजीगाउँले श्रेष्ठले मन्तव्य गरे । कार्यक्रममा सचिव महेन्द्र कँडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पवनलाल राजभण्डारीको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक एक बहादुर केसीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम सहकारी अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र सहसचिव सुनिता पुरीको सञ्चालनमा सम्पन्न भएको थियो । १७ सय २ जना शेयर सदस्य रहेको एकता सहकारीमा गत आर्थिक वर्षसम्म ९ करोड ५६ लाख शेयर रकम, २७ करोड १५ लाख वचत, ३३ करोड ऋण लगानी रहेको प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए ।
विसं २०५६ सालमा २७ जना शेयर सदस्यहरुको पहलमा बागलुङ बजार २ आवा रोडमा एकता सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो । यस सहकारीले २१ जना युवालाई रोजगारी दिएको छ ।

अहिले केन्द्रीय कार्यालयसहित उपल्लाचौर, काठेखोला गाउँपालिकाको रिजाल चोक, गलकोट नगरपालिकाको हटियामा सेवा केन्द्र सेवा प्रदान गरेको छ । सहकारीले मोबाइल बैकिंक र क्युआर सेवा पनि संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->