बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वरजिष्ट्रार पुर्पक्षको लागि जेल चलान, महेन्द्र भोटेको अदालतमा बयान चल्दै

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वरजिष्ट्रार पुर्पक्षको लागि जेल चलान, महेन्द्र भोटेको अदालतमा बयान चल्दै


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८०, बुधबार

पोखरा / कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालत कास्कीले मंगलबार कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका पराजुलीसहित सहकारीका कर्मचारी गोपाल खनाल, शेयर सदस्यहरु बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश ऋषिराज पराजुलीको इजलासले सो निर्णय गरेको हो ।

पराजुलीमाथि पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा १ करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन् । सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड विगो दावीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही प्रतिवेदनका आधारमा उनीहरुमाथि मुद्दा दायर गरिएको हो । ३२ जनाविरुद्ध मुद्दा परे पनि हालसम्म ६ जनामात्र पक्राउ परेका छन् ।

पूर्वरजिष्ट्रार पराजुलीसँगै मंगलबार कर्मचारी गोपाल खनाल,बुद्धिसागर पौडेल,राजु बराल पुर्पक्षको लागि जेल जाँदा सहकारीका अध्यक्ष एवं संचालक वर्ष ३२ का रमन पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी यसअघिदेखि नै कारागारमा छन् । सहकारीका ३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।

सूर्यदर्शन सहकारी प्रकरण

महेन्द्र भोटेको अदालतमा आत्मसमर्पण, बयान नसकिएकाले प्रहरी हिरासतमा, आज थुनछेक बहस  हुँदै

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दोषी करार गर्दै प्रहरीबाट पक्राउ पूर्जी जारी गरिएका संचालक समितिका पूर्वसदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र संचालक समितिका सदस्य भविश्वर अर्याल मंगलबार आफैं जिल्ला अदालत कास्कीमा हाजिर भए ।

उनी लामो समयदेखि फरार थिए । महेन्द्र भोटेको नामले चिनिने उनी आफ्ना वकिलसहित उपस्थित भएका महेन्द्रसँग जिल्ला अदालत कास्कीले मंगलबार नै वयान लिन सुरु ग¥यो ।

कास्की प्रहरीले रेड कर्नर नोटिस जारी गर्नको लागि प्रहरीको केन्द्रीय कार्यालय गुहारेको बेला आफैं ‘आत्मसमर्पण’ गरेका महेन्द्र र भविश्वरको मंगलबार बयान सकिएन । बयान नसकिएपछि न्यायाधीश वसन्तजंग थापाको इजलाशले इजलाश नं. ६ मा उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको िथयाे । साेही मुद्दा अाज चल्दैछ ।

महेन्द्र कास्कीको मादी गाउँपालिका वडा नम्बर १० घर भइ हाल पोखरा १२ लालीगुराँसटोल निवासी हुन् भने भविश्वर गल्याङ ९,स्याङ्जाका बासिन्दा हुन् । महेन्द्र अघिल्लो वर्षको स्थानीय चुनावमा एमालेको तर्फबाट मादी गाउँपालिकाको अध्यक्षका प्रत्यासीसमेत रहेका थिए ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले मंगलबार बयान लिने काम मात्रै भएको जानकारी दिए । उनका अनुसार आदेश नआउन्जेल उनलाई प्रहरी हिरासतमा राखिने छ । ‘आज बयान मात्रै भयो । थुनछेक बहस भोलि (बुधबार) हुनेछ । आज दुईजना उपस्थिति भएका थिए । हाल उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ,’ अधिकारीले भने ।

यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गीतेन्द्र बाबु (जीवी) राईको समुहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका हुन् । सुर्यदर्शन सहकारीको १० करोड भन्दा बढि रकम गोरखा मिडिया नेटवर्कमार्फत् ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको खुलासा भएको थियो ।

सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो । जाहेरीमा ठगिएको रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो ।

सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन् । उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->