बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१२ औं पोखरा महोत्सवको तयारी पूरा

१२ औं पोखरा महोत्सवको तयारी पूरा


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८०, बुधबार

पोखरा/१२ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यही पुस २६ देखि माघको ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
क्लबले बाह्रौं संस्करणको पोखरा महोत्सवबाट बचेको रकमले लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा विपन्न विद्यार्थीहरुका लागि आवासीय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याइने घोषणा गरेको छ । महोत्सवमा दुई लाख ५० हजार दर्शक आउने अनुमान रहेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री गरिने छ । यो पटक महोत्सवमा याकको प्रदर्शनी पनि हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->