बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरालाई तत्कालै पर्यटन राजधानी घोषणा गर्न सुझाव

पोखरालाई तत्कालै पर्यटन राजधानी घोषणा गर्न सुझाव


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८०, बिहिबार

पोखरा / गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ । बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितले पर्यटकीय राजधानी घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास गर्दै जान सकिने सुझाव दिएको छ ।

गण्डकीको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा १२ मंसिरमा गठित ११ सदस्यीय समितिले एक महिनाभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदन बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएको छ ।

‘हामीले हाम्रो अध्ययनलाई २० बुँदामा समराइज गरेका छौं । यो २० बुँदाले यहाँको भौतिक अवस्थादेखि सबै कुरा समेटेको छ’, अध्ययन समितिका संयोजक देवकोटाले भने, ‘पर्यटनको राजधानी त भन्यौं । तर, हामी तयार छौं कि छैनौं, हाम्रा पूर्वाधार तयार छन् कि छैनन् भन्ने सम्पूर्ण कुरा समेटेका छौं ।’

पर्यटन राजधानी घोषणा गरेपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितका सुझाव प्रतिवेदनमा समावेश गरिएको संयोजक डा. देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->