काठमाडौं / सरकार नविकरणीय उर्जाको विकास र विस्तारमा सकारात्मक देखिपनि यस क्षेत्रमा निर्माण भएका मुल नीति र कार्यक्रम भने निजी क्षेत्रमैत्री हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल नविकरणीय उर्जा परिसंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीले सरकारलाई यसक्षेत्रमा बढी जवाफदेही बनाउँदै नविकरणीय उर्जा नीतिलाई निजी क्षेत्रमैत्री बनाउन यस क्षेत्रमा कार्यरत संघसंस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
परिसंघले आफ्ना साझेदार संस्थाहरुमा निर्वाचित अध्यक्ष र पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित अन्तरक्रिया कार्यक्रममा नविकरणीय उर्जा क्षेत्रमा क्रियाशील निजी कम्पनीहरु र फर्महरुको एकताको महत्व र यसबाट प्राप्त गर्न सकिने लाभका विषयमा छलफल गरिएको परिसंघका अध्यक्ष गुणराज ढकालले बताए ।
सरकारको योजना र कार्यक्रमहरुले नविकरणीय उर्जा प्रविधि विकास र प्रवद्र्धनका लागि सकारात्मक देखिएपनि नीति र कार्यान्वयन पक्ष निजी क्षेत्र मैत्री हुननसकेको विद्यमान अवस्थामा परिसंघ र साझेदार छाता संस्थाहरु एकजुट भै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको सहभागी वक्ताहरुले प्रकाश पारे ।

अन्तरक्रिया कार्यक्रममा परिसंघको आगामी कार्यक्रमहरु अन्तर्गत विभिन्न राष्ट्रिय स्तरका तथा अन्तर्राष्ट्रिय निकायहरु, विश्वविद्यालयहरु, उद्योग वाणिज्य संस्थाहरुसंग सहकार्य गर्ने, निजी क्षेत्र मैत्री लगानी वातावरण निर्माण गर्ने, प्रविधि विकास गर्ने, जनशक्ति प्रवद्र्धन गर्ने विषयमा छलफल गरिएको थियो । लगानीका लागि सहज वातावरण बनाउन नविकरणीय उर्जा लगानी कम्पनी आवश्यक भएको सहभागीहरुले जोड दिए ।
कार्यक्रममा नविकरणीय उर्जाविद विश्व भूष्ण अमात्य, प्रा. डा. रमेश कुमार मास्के, ग्रामीण विकासविद प्रा. डा. प्रेम शर्माले मन्तव्य राख्दै नविकरणीय उर्जाको महत्वको वारेमा बताए । सो अवसरमा शेखर अर्याल, के आर खनाल, तेजनारायण ठाकुर, कृष्ण प्रसाद पराजुली, उपेन्द्र रिमाल, यब बहादुर थापा, अर्चना सिं, सञ्जीव पोखरेल, कालिदास न्यौपाने लगायतले नविकरणीय उर्जा क्षेत्र विकासमा निजी क्षेत्रको अवसर अभिवृद्धि गर्न परिसंघले सशक्त भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि एक आपसमा समन्वय र सहयोग अपरिहार्य भएको बताए ।
नेपाल नविकरणीय उर्जा परिसंघ पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजिवनका लागि आवश्यक उर्जामा सबैको पहुँच पु¥याउनका लागि क्रियाशिल छ ।
नविकरणीय उर्जाका श्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने उद्देश्यले वैकल्पिक उर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपूर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, विक्रीपछि मर्मत सम्भार गर्ने लगायतका व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्महरुको गैर नाफामूलक साझा संस्था हो ।
निजी क्षेत्र अन्तर्गत क्रियाशील रहेका कम्पनी फर्महरुलाई उचित अवसर दिन र नविकरणीय उर्जा क्षेत्रलाई निजी क्षेत्रका क्रियाशलिता विकास र प्रवद्र्धन गर्दै विश्वव्यापी जलवायु परिवर्तनको संकट न्यूनिकरण गर्न, नेपालले खनिज इन्धन आयातमा कमि ल्याउन र रोजगारीको अवसर वृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्नका लागि परिसंघको नेतृत्व लाग्नुपर्ने आवश्यकतामा जोड दिइएको अध्यक्ष ढकालले बताए ।





