बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई पौने २ अर्ब जरिवाना र ३ वर्ष कैद सजाय

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई पौने २ अर्ब जरिवाना र ३ वर्ष कैद सजाय


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

काठमाडौं / विशेष अदालतले संविधानसभाका पूर्व सदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धामा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ बराबर जरिवाना र ३ वर्ष कैद सजाय ठहर गरेको छ।

अदालतले आज इच्छाराजकी पत्नी सिर्जनालाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार जरिवाना र १ वर्ष ६ महिना कैद ठहर गरेको छ। साथै अदालतले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ठहर गरेको छ।

विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनाराण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत आइतबार दोषी ठहर गर्दै सजाय निर्धारणका लागि माघ २१ लाई मिति तोकेको थियो।
३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहितलाई तीनजनालाई दोषी ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->