मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सिमनको तालिममा ‘रुफटप सोलार’लाई नेट मिटरिङमा सहजै पहुँच दिन माग

सिमनको तालिममा ‘रुफटप सोलार’लाई नेट मिटरिङमा सहजै पहुँच दिन माग


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८०, सोमबार

काठमाडौं / हरेक घरको छतलाई उर्जा उत्पादनमा प्रयोग गरी सौर्य उर्जालाई बढ्वा दिन सरकारी नीति, नियम र कार्यविधीलाई नीजिक्षेत्रमैत्री बनाउनुपर्नेमा सौर्य उर्जा व्यवसायीहरुले जोड दिएका छन् ।

नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमन)द्वारा सोमवार काठमाडौंमा आयोजित ‘सोलार रुफटप नेट मिटरिङ सिस्टम इन नेपाल’ तालिमको उद्घाटन कार्यक्रममा सहभागीहरुले सरकारले अगाडि सारेको मिश्रित उर्जा नीतिलाई कार्यान्वयन गर्न हरेक ब्यक्तिका घर र सरकारी कार्यालयका छतहरुबाट सौर्य उर्जा उत्पादन गर्नुको विकल्प नरहेको वताए ।

कार्यक्रमको उद्घाटन गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नविकरणीय ऊर्जा उत्पादनमा सरकारको प्राथमिकतामा रहेको वताए । उनले नविकरणीय उर्जा अनुदान नीति, रिन्युएवल इनर्जी च्यालेन्ज फन्ड, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम मार्फत् आवश्यक सहयोग लिएर सौर्य ऊर्जा उत्पादनमा उत्साहपूर्वक लाग्न सौर्य उर्जा व्यसायीहरुलाई आग्रह गरे ।

उनले ब्याजदरमा अनुदान तथा लोन लस ग्यारेन्टीजस्ता प्रावधान रहेकाले सौर्य ऊर्जा उद्यमीहरू व्यावसायिक उत्पादनतर्फ अगाडि बढ्न आग्रह गरे । कार्यकारी निर्देशक ढकालले लामो अनुभव र व्यावसायिक दक्षताका आधारमा सौर्य विद्युत् उत्पादकहरूले ठूला परियोजनामा सहभागी हुनुपर्नेमा जोड दिए ।

नविकरणीय उर्जा नीति र ऐन बन्ने प्रक्रियामा रहेको जानकारी दिदै कार्यकारी निर्देशक ढकालले त्यसबाट उर्जा व्यवसायीहरुले पनि फाईदा लिन सक्ने बताए । सोलार रुफटपको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन सकेमा मुलुकलाई उर्जामा समृद्ध बनाउन सकिने उनको जोड थियो ।

कार्यक्रममा नेपाल नविकरणीय ऊर्जा कार्यक्रमका टिम लिडर सुमन बस्नेतले बेलायत सरकारको सहयोगमा नविकरणीय उर्जा कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै यस कार्यक्रमबाट लाभ लिन सौर्य उर्जा व्यवसायीहरुलाई आग्रह गरे।

सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका बोर्ड सदस्य कुशल गुरुङ, सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद पराजुली, वरिष्ठ उपाध्यक्ष हरिनारायण गौतम लगायतले विश्व बजारमा सौर्य ऊर्जाका प्रविधिहरूको मूल्य घटिरहेको अवस्थामा सौर्य ऊर्जालाई राष्ट्रिय प्रसारणमा जोड्ने कार्यविधिलाई नीजिक्षेत्रमैत्री बनाएमा एक मेगावाटभन्दा कम क्षमताका परियोजनामा सहजै प्रवेश गर्न सकिने उल्लेख गरे ।

उनीहरुले सौर्य ऊर्जाका क्षेत्रमा अनुदानमा मात्रै आश्रित नभएर साझेदारीका आधारमा अगाडि बढ्नुपर्ने बताए । ‘सोलार रुफटपबाट उत्पादित सौर्य उर्जालाई नेट मिटरिङ सिस्टमको सफल कार्यान्वयन भएमा आफ्नो खपतबाट बढी भएको विद्युतीय ऊर्जालाई सहजै बिक्री गर्न सकिने भएकाले त्यसैका लागि सिमनले पहलकद्मी लिएको बताए । कार्यक्रमको सञ्चालन सौर्य विधुत उत्पादक संघका महासचिव दिपक गौतमले गरेका थिए ।

कार्यक्रममा रुफटप सोलारको स्थिति, विद्यामान नीति नियम र आर्थिक तथा प्राविधिक रूपमा यसको अवस्थाका बारेमा विज्ञहरूले व्यवसायीहरूलाई प्रशिक्षित गरेका थिए । तालिमको सहजीकरण नेपाल नविकरणीय उर्जा कार्यक्रमका बद्री बराल, उर्जा क्षेत्रका विज्ञ विशाल थापा, जीवन बैध र उपसमितिका संयोजक भरत नेपालले गरेका थिए ।

प्यानल छलफलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रसिस पौडेल, रेट्सका बसन्त ढकाल, डिकेटीआईका निरज सापकोटा, एनएमबि बैंक प्रज्ञान रेग्मी, ग्लोबल आईएमई बैंकका अशिन कर्माचार्य र नीजि क्षेत्रका उत्पादक कम्पनीको रोशन सिलवाल र प्रदिप हुमागाईको सहभागिता रहेको महासचिव गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->