शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

वडाध्यक्ष कपमा सेमिफाइनलका खेलहरु

वडाध्यक्ष कपमा सेमिफाइनलका खेलहरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८०, शनिबार

पोखरा/ पोखराको ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शनिबार) देखि सेमिफाइनलका खेलहरु हुने भएका छन् । शुक्रबार पोखरा ड्याम साइडस्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै शनिबार सेमिफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको छ ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा शान्ति निकुन्जले ढुंगेसाँघु स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको हो ।

अर्को खेलमा फिष्टेल एकेडेमीले सहज जीत दर्ता गर्यो । शिशु कल्याण स्कुल प्रतियोगितामा सहभागि हुन नआएपछि फिष्टेलले सहज जीत हात पारेको हो । अर्को खेलमा छोरेपाटन माविले पार्दी माविलाई ३–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइलमा यात्रा पक्का गरेको हो ।
शुक्रबारको अन्तिम खेलमा बालोदयले एलपी.देवकोटालाई १–० को गोल अन्तरले पराजित गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->