बागलुङ / गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले शिक्षाले देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताएकी छिन् । ‘असल नागरिक बन्न प्रेरित गर्ने क्षेत्रको रूपमा शिक्षण संस्थाहरुलाई विकास गर्न सके उच्च शिक्षाको लागि विदेशिनु पर्ने विकराल अवस्थाको अन्त्य हुन्छ’ शनिबार न्यु एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव, विद्यार्थी तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उपसभामुख थापाले भनिन्, ‘रोजगारीका लागि विदेश होइन स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्वन गर्नुपर्छ ।’
बहसमा रहेको संघीय शिक्षा ऐनले निजी क्षेत्रका विद्यालयहरुलाई सम्बोधन गर्नुपर्ने बताउँदै थापाले विश्वमा बिक्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्बन गर्न सकेमात्र देशमा बढ्दै गइरहेको शैक्षिक बेरोजगार र विदेश पलायन रोक्ने सकिने धारणा व्यक्त गरिन् । नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै थापाले संस्थागत विद्यालयका जायज मागलाई सरकारले पनि सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
‘हाम्रो शिक्षाले विदेशीने जनशक्तिलाई स्वदेशमै प्रयोग गर्न विलम्ब गर्नु हुँदैन’ थापाले भनिन्, ‘उच्च शिक्षा र रोजगारीका लागि भविष्यमा विदेशनै जाने सोच बनाएका युवा जनशक्तिलाई देशमै केही गर्ने लक्ष्यका साथ अध्ययन गर्ने वातावरण बनाउन समयसापक्षे शिक्षा नीति अवलम्बन गर्न अब ढिलाई गर्नु हुँदैन ।’

कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले व्यवहारिक, नैतिक र जीवन उपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा राखे । उनले नीजि क्षेत्रलाई गाली गरेरभन्दा उनीहरुको योगदानको कदर गर्नुपर्ने बताए । अहिले पनि नीजि र सामुदायिक विद्यालयको विद्यार्थी संख्या बराबरी भएको उल्लेख गर्दै शिक्षकको तलब, विद्यार्थीको दिवा खाजा र भौतिक संरचना निर्माणमा लगानी गरेर निजी क्षेत्रले सरकारको समेत खर्च बचाइदिएको उनले बताए ।
कार्यक्रममा अधिवक्ता ममतादेवी शर्मा, भीमापोखरा युवा क्लबका अध्यक्ष तोयानाथ गौतम, बानपा १ का वडासदस्य शान्तिदेवी शर्मा, अभिभावक धनबहादुर परियार, एन प्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको प्रगती प्रतिवेदन पेश गरेका थिए । नेपालको शिक्षा नीतिमा नीजि क्षेत्रको योगदानको कदर हुने गरी शिक्षा नीति बनाउनुपर्ने प्रतिवेदनमा अधिकारीले जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव चापागाई र भूमीराज शर्माको संचालन र अर्का शिक्षक सुनिता क्षेत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु सुहाना पन्त, सुमन गौतम, डेनिस क्षेत्री र अनुषा कँडेलले पनि आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयले संचालन गरेको कक्षा ७ सम्मका विद्यार्थी बीचको अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताका विजयी खेलाडी, अन्तरविद्यालय स्तरीय क्विज प्रतियोगिताका विजयी विद्यार्थी, र विद्यालयभित्रै आयोजना गरिएका विभिन्न प्रतियिोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।
सो अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाले विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापअन्र्तगत साँस्कृतिक नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए ।





