बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा विमानस्थलमा ठूलो गडबडी : मुल्मी

पोखरा विमानस्थलमा ठूलो गडबडी : मुल्मी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८०, सोमबार

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अनिश्चित भएको बताएका छन् । त्यसको कारक भने नेपाल नागरिक उड्डय प्राधिकरण र पर्यटन मन्त्रालय रहेको पनि उनको जिकिर छ । राष्ट्रिय एकता अभियानले पोखरा ९ पृथ्वीचोकमा आयोजना गरेको पोखरा बोल्दै उनले संचालनमा आएको एक वर्ष पुगिसक्दासमेत अन्तर्राष्ट्रिय उडान नहुनुको पछाडी ठूलो गडबडी रहेको आशंका जनाए ।

मुल्मीका अनुसार विमानस्थलको पूर्वपट्टिको भाग जहिले पनि भासिन्छ । यसमा प्राधिकरणले जवाफ दिने ठाउँ छैन । ठेकेदार कम्पनीले त्यो विषयमा कहिल्यै वास्ता गरेन । विमानस्थल रहेको क्षेत्रमा पहिरो जाने हुँदा विमानस्थल अत्यन्तै जोखिमपूर्ण अवस्थामा छ भन्ने कुरा प्रमाणित भएकैले अन्तर्राष्ट्रिय हवाइ उडान कम्पनीहरुले आफ्नो जहाज पोखरामा पठाउन नचाहेको जिकिर गरे ।

‘त्यो विमानस्थलको पारदर्शीताका कुरा र त्यसको प्राविधिक सरकारले तुरुन्त आफ्नो स्वेतपत्र जारी गर्नु पर्दछ भन्ने लाग्दछ । आज विदेशका हवाइ कम्पनीहरु सजिलैसँग पोखराको एयरपोर्टमा ल्याण्ड गर्न चाहिरहेका छैनन् । यसको पछाडी प्राविधिक कारण छन्,’ उनले भने, ‘एकपटक सोचा,ैं चिनियाँ सरकारबाट सद्भावपूर्वक हामीलाई तीन÷चारवटा चार्टर विमानहरु पठायो । ती चार्टर विमानबाट त्यो जहाजमा पूर्णरुपमा अट्ने प्यासेन्जरहरु ल्याइएका छैनन् । त्यो ल्याउन नसक्नुका पछाडी पनि टेक्निकल कारण देखाइएका छन् । त्यसैले चिनियाँ कम्पनीले जुन किसिमको विमानस्थल निर्माण गर्छु भनेको थियो । त्यसलाई राम्रोसँग नियमन नगर्दा नागरिक उड्डयन प्राधिकरणको गैरजिम्मेवारीको कारण आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले दुःख पाएको छ । हामीलाई लज्जाबोध गर्नुपर्ने स्थिति आएको छ । यसबारेमा छानविन हुन जरुरी छ ।’

विमानस्थलले निकै ठूलो व्ययभार रहेको सुनाए । ऋण सरकारले तिरेपनि सम्पूर्ण ऋणको व्ययभार नागरिकको टाउकोमा रहेको सुनाए । चीनको बैंकलाई तिर्ने २२ अर्ब समेत जनताले नै तिर्ने उनको भनाइ छ । नेपालमा जन्मने शिशुको टाउकोमा समेत ८४ हजारको ऋण रहेको उनले आँकडा पेश गरे ।

विगत ५० वर्षदेखि विभिन्न आन्दोलन, बाधा अवरोधपश्चात पूरा भएको जन आकांक्षा र चाहानाले मूर्तरुप लिन नसकेको उनको भनाइ छ । विमानस्थल संचालनको लागि फेरि एक पटक पोखरेली जनताले मात्र नभइ सारा नेपाली जनतालाई सँगसँगै लिएर अघिबढ्ने जमर्को गर्ने अवस्था सिर्जना भएको आएको पनि उनले बताए ।

‘नेपाल सरकारले जनतालाई सुसूचित नगरी अपारदर्शी ढंगबाट यो पोखरा एयरपोर्ट सुरुवात गरेको हामी पाउँछौं । विमानस्थल निर्माणका लागि जुन दबाब सिर्जना भयो । हामी सबैलाई याद छ, बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । हाम्रो दबाबपछि उहाँले निर्णय गर्नुभयो अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ । र, त्यो बन्नु र ठेकेदार निश्चित गर्नुभन्दा पनि सबैभन्दा पहिला उहाँले एउटा गोप्य सम्झौता गर्नुभएको छ– पर्यटन मन्त्रालय र चीनको ठेकेदार कम्पनी सिएमसीसँग,’उनले भने,‘ कुनै डिजाइनिङ छैन् । कुनै किसिमको सहमति भएको छैन तर उहाँले सहमति गर्नुभएको छ । यो सन् २०११ सालको कुरा हो । २०१२ सामा मात्र नेपाल सरकारले टेन्डरको आह्वान गरेको छ । त्यही क्रममा हाम्रा निकै धेरै प्रयासहरु भए । अन्त्यमा चिनको एक्जीम बैंकले हामीलाई ऋण सहयोग गर्नका लागि समझदारी ग¥यो, सहयोग र सम्झौता ग¥यो त्यसपछिको प्रक्रिया हो यो ।’

२०४२ सालमा जापान सरकारले एउटा सर्वेक्षण गर्दा पोखरामा १४ अर्ब रुपैयाँमै विमानस्थल बन्ने प्रतिवेदन बनेको पनि उनले स्मरण गरे । त्यसपछि पर्यटन मन्त्रालयले पुनःपरिर्माजित गर्दै गरेको सर्वेक्षणमा १७ अर्ब चानचुनमा बन्ने समेत देखिएको मुल्मी सुनाउँछन् । तर, नेपाल सरकारले यी ३० अर्ब चानचुनको टेन्डर प¥यो बडो मुस्किल भयो । अन्ततः नेपाल सरकारको पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राविधिकरणका मान्छे र सिएपसीका ठेकेदार बस्दा–बस्दा, छलफल गर्दा गर्दा बल्ल बल्ल साढे २२ अर्ब रुपैयाँमा हामी बनाउँछौ भन्ने कुरा सहमति गरेको परिपेक्ष हालको हो । सरकारले सिएमसीसँग गरेको सम्झौता दुवै पक्षसँग सुरक्षित थियो रहेको र कुनै हालतमा त्यो ठेक्का सिएमसीले पाउने व्यवस्था सरकारले सिर्जना गरेको मुल्मीको भनाइ छ ।

विमानस्थलेको मुहार कस्तो ? कति क्षमताको ? कति मिटरको रनवे बन्छ भन्ने कुरा कसैले थाहै नपाएको उनले बताए । जुन कुरा उद्घाटनको समयमा मात्रै थाहा भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलको न्यूनतम आवश्यकता तीन हजार मिटर भए पनि पोखरा विमानस्थलको रनवेसमेत अन्तर्राष्ट्रिय मापदण्डको नभएको उनी दाबी गर्छन् । ‘पोखराको विमास्थल रनवे २५ सय मिटरको मात्रै छ ।

तीन हजार मिटरभन्दा मुनी भएकाले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्न अत्यन्त कठीन हुन्छ । करिब दुईसय जनासम्म यात्रु ओर्लन सक्दैन तबसम्म त्यो अन्तर्राष्ट्रिय स्तरको हुन नसक्ने प्रावधान छ । तर, दुर्भाग्यवश पोखरामा २५ सय मिटरको मात्र रहेको छ,’उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->