बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्लासिक र रेसिङको कम्बो टिभिएस रोनिन पोखरामा

क्लासिक र रेसिङको कम्बो टिभिएस रोनिन पोखरामा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८०, मंगलबार

पोखरा / युवाहरुको रोजाइमा पर्छ-रेसिङ र क्लासिक मोटरसाइकल । कतिले त यी दुवै चढ्ने धोको पाल्छन् । युवाहरुको यही रोजाइलाई पूरा गर्दै टिभीएस मोटरले क्लासिक र रेसिङको समिश्रण टिभिएस रोनिन बजारमा ल्याएको छ । सोमबार पोखरामा टिभिएस रोनिन र अपाचेको नयाँ मोडल एक साथ सार्वजानिक गरिएको छ ।

पोखरा सभागृहमा रोनिन र अपाचे १६० सीसी ए साथ सार्वजानिक गरिएको हो । रोनिन उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पीडोमिटर र टी–फेस इलइडी हेडल्याम्प साथ तयार गरिएको २२५ सीसीको बाइक हो । जसमा चार ओटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ । यसको अधिकतम पावर २०.४ पीएस ७७५० आरपीएमसम्म र १९.९ एनएम ३७५० आरपीएम पीक पावर रहेको छ । डुअल च्यानल एबीएसको साथ यसको डिस्क ब्रेकले राईडरलाई सुरक्षित र स्थित स्टप सुनिश्चित गर्नेछ ।

यस्तै अपाचे आरटीआर १६० भी फोर एफआई थप फिचर जोडिएर आएको छ । यसमा सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सीसी ईन्निका साथमा श्रेणीके पहिलो राइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायतको विशेषता रहेको छ । यी दुवै बाइक अफरोड हुन् । नेपाली सडकको कन्डिसन सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

सो क्रममा बोल्दै पश्चिमाञ्चल अटोमार्ट एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले युवाहरुको बाइक चढ्ने धोकालाई बैंकहरुले पुरा गरिदिन सक्ने बताए । उनले नेपालमा ९० प्रतिशत व्यक्ति किस्ताबाट बाइक चढ्ने गरे पनि हालको अर्थतन्त्रको स्थितिले व्यापार घटेको सुनाए । युवाको मागलाई सम्बोधन गर्दै नयाँ मोडलमा आएका दुई बाइकको संरचना निकै उत्कृष्ट रहेको उनको भनाइ छ । बैंकहरुलाई सहुलियत व्याजमा लगानी गरिदिन आग्रह गर्दै यसले तीन पक्ष ग्राहक, व्यापारी र राज्यलाई फाइदा पुग्ने बताए ।

बतास ब्रदर्श प्रालिका प्रमुख संचालन अधिकृत राजेश रानाभाटले नयाँ बाइक रोनिन क्लासिक र रेसीङको मिश्रण रहेको बताए । उनले अफरोड र पिच रोड दुवैमा चलाउन सक्ने रोनिन युवा लक्षित रहेको सुनाए ।

बतासले बिक्रीलाई मात्र नभइ सेवालाई समेत बिस्तार गर्दै शनिबारसमेत सर्भिसिङका लागि खुल्ला गरेको र सर्भिसमा आउने ग्राहकका लागि क्षमता बढाएर वर्कसप स्थापना गरेको उनले सुनाए । उनका अनुसार रोनिनको सुरुको मूल्य चार लाख ४९ हजार नौ सय रुपैयाँ रहेको छ भने अपाचे १६० को मुल्य तीन लाख ७४ हजार नौ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->