बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८०, बिहिबार

पोखरा / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ। अपरान्ह ४ बजेतिर कतारबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिकले करिब एक किलो सुन ल्याएका थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुई वटा पाइण्टको भित्रपट्टी लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको थियो। पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका छन्।

दुई दिन अघि पनि विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->