बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारी ठगी मुद्दामा पत्रकार गिरी कारागार चलान

सहकारी ठगी मुद्दामा पत्रकार गिरी कारागार चलान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८०, बिहिबार

पोखरा / मित्रमिलन सहकारी ठगी मुद्दामा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले गिरीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । पक्राउ पुर्जी जारी भएपछि फरार गिरी बुधबार अदालत उपस्थित भएका थिए । बुधबार नसकिएको थुनछेक बहस बिहीबार पुन भएको थियो ।

सहकारी ठगी मुद्दामा कास्की अदालतबाट ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । सोही मुद्धामा २२ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->