बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा एयरपोर्टमा ठूला जहाजलाई ‘लोड पेनाल्टी !’

पोखरा एयरपोर्टमा ठूला जहाजलाई ‘लोड पेनाल्टी !’

फिफ्थ फ्रिडम दिऊँ : प्रमुख कर्ण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८०, आइतबार

विश्वसनीय अध्ययन नभए पनि डाँडाकाँडाले गर्दा जहाजहरु भारबहन क्षमतामा ओर्लन सक्दैनन् ।

पोखरा / पोखरा एयपोर्टको धावनमार्ग २५ सय मिटरको रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘क्याटगोरी २’ एयरपोर्टमा सूचीकृत यो एयरपोर्टमा जहाजलाई अवतरण गर्न न्यूनतम ३ हजार ८ सय मिटर र उडानका लागि १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णका अनुसार प्रविधि र सुविधाको दृष्टिले यो अन्तर्राष्ट्रिय विमानस्थल नै हो र न्यारोबडी अर्थात् बढीमा ३ सय यात्रुसम्म बोक्नसक्ने जहाज यहाँबाट उडान–अवतरण गर्न सकिन्छ । बोइङको ७५७ र एयरबसको ३२० ले यहाँ उडान भर्नसक्ने भए पनि त्यसले क्षमता अनुसारको यात्रु बोक्न भने नसक्ने उनले जिकिर गरे । वरपर भएका डाँडाहरुका कारण त्यसो भएको उनले जिकिर गरे । उड्डयन क्षेत्रको भाषामा लोड पेनाल्टी अर्थात् भारबहन क्षमता घटाउनुपर्ने अवस्था उत्पन्न भएको हो ।

‘लोड पेनाल्टी कति परिरहेको छ कुराको खासैमा यसको विश्वसनीय रुपले अध्ययन भएको छैन । कुनै समयमा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्छु भन्ने भयो भने अध्ययन होला । तर, लोड पेनाल्टी चाहिँ पर्ने देखिन्छ,’ उनले भने,‘ अहिले यती एयर वा बुद्ध एयरकै एटीआर ७२ लाई पूर्वबाट पश्चिम ल्याण्ड गर्दा लोड पेनाल्टी हुँदो रहेछ । आउँदा फुल प्यासेञ्जर लिएर जान सक्दैनन् । ठूलाको त कुरै नगरौं ।’

उनले एउटा इञ्जिन फेल हुँदाको अवस्थामा सुरक्षित रहन जहाजले त्यस्तो सुरक्षा व्यवस्था गरेका हुन्छन् । काठमाडौंमा पनि यस्तो लोड पेनाल्टी भएको भएको बताउँदै उनले भने,‘ काठमाडौंमा पनि जहाजको लोड पेनाल्टी छ नि त त्यसैले त त्यहाँ आधा घण्टा एक घण्टा कुरेर उत्तरबाट दक्षिणतिर उडान गर्दो रहेछ । दक्षिणबाट उत्तरतिर उडान गर्दा त्यहाँ लोड पेनाल्टी हुँदो रहेछ ।’

पोखरा विमानस्थलमा बोइङ र एयरबसका ठूला विमान आउन सक्ने भए पनि व्यावसायिक रुपले यहाँ साना विमान संचालन गर्नुपर्ने कर्णको तर्क छ । ‘लोड कम लिएर आउँदा एयरबस ३३० पनि ल्याण्ड गर्न सक्छ तर खाली जहाज । के मतलब भयो र ? लोड लिन सक्दैन । कमर्सियल्ली भाइबल छैन,’उनले भने,‘ यो ठाउँको लागि उपयुक्त जहाज कुन हो त भन्दा एयरबस ३१९ हो । जुन जहाज भुटानको पारो र चाइनाको ल्हासामा उडान गर्छ ।’

संसारकै अप्ठेरो मानिने विमानस्थलमा उडान भरिरहेको एयरबस ३१९ ले १४०÷१५० जना यात्रु बोक्नसक्ने उनको भनाइ छ । ‘यो ४ घण्टाको दूरीमा उड्न सक्छ,’ उनले भने,‘ नेपाल एयरलायन्ससँग ३१९ छैन । हिमालयन एयरलायन्ससँग छ । चाइनिज कम्पनीसँग छ । भुटानसँग छ । पोखरा एयरपोर्टबाट विदेशी उडान हुने हो भने,यसको लागि स्वीटेबल जहाज एयरबस ३१९ नै हो । यहाँबाट सिंगापुरसम्म जानसक्ने ,मध्यपूर्वका देश जान सक्ने र पूर्वी एसिया जान सक्ने । त्यसो भए यो मेरो ज्ञान बुद्धिले भनेको हो ।’

फिफ्थ फ्रिडम दिऊँ : प्रमुख कर्ण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख कर्णले विदेशी विमान कम्पनीलाई पोखराबाट थप छुट दिएर आकर्षित गर्नुपर्ने तर्क पनि गरे । उडान क्षेत्रको भाषामा प्रयोग गरिने फिफ्ट फ्रिडम खुला गरिनुपर्ने उनको धारणा थियो । एउटा एयरपोर्ट प्रयोग गरेर दोस्रो वा तेस्रो देशमा उडान भर्न पाउने अधिकारलाई फिफ्थ फ्रिडम भनिन्छ ।

‘यो एउटा अधिकार हो । जुन अधिकार प्रायः देशहरुले आफ्नो राष्ट्रिय ध्वजाबाहकलाई रिजर्भ राख्छ । अहिले यो अधिकार नेपाल एयरलायन्ससँग छ । तर, ऊ त यहाँ आएन नि त,’ उनले भने,‘ यहाँ त नेपाल एयलायन्स पनि आएन, हिमालयन पनि आएन । १३ महिनामा त यही देखियो नि । नेपाली नआएपछि यो अधिकार कसको लागि राख्ने ? उनले प्रष्ट पार्ने भाषामा भने,‘ भुटानको जहाज पोखरा आयो,पोखराबाट अब प्यासेञ्जर लिएर बैंकक जाऊ,सिंगापुर जाऊ,फर्केर पोखरा आऊ । यहाँ बस्न मन लाग्छ यहीँ बस नभए भुटान जाऊ भन्ने अधिकार दिने हो ।’

नेपाल सरकारले अहिलेसम्म यस्तो अधिकार भुटानको एयरलायन्सलाई मात्र दिएको छ । भुटान एयरलायन्सले काठमाडौंको एयरपोर्ट प्रयोग गरेर ऊ दिल्ली जान्छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा चाहिँ हवाइ मार्ग कारक नभएको उनको भनाइ छ ।

यो हवाइ रुटको समस्या नभएर एयरपोर्टमा अनुमति नै नपाइएकोले पोखराबाट भारत उडान हुन नसकेको विमानस्थल प्रमुख कर्णले पनि स्वीकारे । ‘भएको भए त उड्थ्यो नि,’उनले भने,‘यहाँ रुटको समस्या हैन, ल्याण्डिङको समस्या हो । त्यो प्रमिसन पाउनुप¥यो । उत्तर र दक्षिणतिर ल्याण्ड गर्न पाउने अवस्था हुनुप¥यो ।’

यात्रु पाउने अवस्था आए घुमाउरो बाटो गएर वा अलिकति महँगो भाडा लिएर पनि विमान कम्पनीले उडान चालु गर्ने उनले जिकिर गरे । भारत र नेपालबीच एयर सर्भिस एग्रिमेण्ट (बासा) सम्झौता भएको स्मरण गर्दै उनले भने,‘ जुनसुकै बिन्दुबाट पनि जहाज जान–आउन सक्ने भन्ने सम्झौतालाई अब कहाँ ओर्लने र उड्ने निश्चित हुनुप¥यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->