बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘द रोड अहेड’ मा हास्य कलाकार गजुरेलदेखि क्रिकेटर ऐरीले अनुभव साट्ने

‘द रोड अहेड’ मा हास्य कलाकार गजुरेलदेखि क्रिकेटर ऐरीले अनुभव साट्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

बागलुङ/एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम हुने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो ।

फागुन २१ गते बागलुङमा हुने कार्यक्रममा चर्चित कलाकार, खेलाडी र सञ्चारकर्मीले प्रशिक्षण दिने ग्रेस इन्टरनेशनल बागलुङ शाखाका सञ्चालक ओमकार पौडेलले जानकारी दिए । शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित विज्ञ तथा कलाकारहरुले आफ्नो अनुभव र परामर्श दिने पौडेलले बताए ।

कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल, क्रिकेटर दीपेन्द्रसिंह ऐरी, टेलिभिजनकर्मी आरके धिताल, एन्ड्रयु पौडेल लगायतको सहभागी हुने छ । युवा र विद्यार्थीहरु रोजगार तथा शैक्षिक गन्तव्यको खोजीमा भौतारी हुँदा उनीहरुलाई परामर्श दिन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->