शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

संसद प्रवेश गर्ने लघुवित्तका ऋणीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति

संसद प्रवेश गर्ने लघुवित्तका ऋणीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८०, मंगलबार

काठमाडौं / संघीय संसद भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका उनीहरु सोमबार संघीय संसद भवन प्रवेश गरेका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->