बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धितोभन्दा बढी कर्जा दिने सेन्चुरी बैंकका सिइओसहित १० जना हिरासतमा

धितोभन्दा बढी कर्जा दिने सेन्चुरी बैंकका सिइओसहित १० जना हिरासतमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८०, मंगलबार

काठमाडौं / धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाटन उच्च अदालतले अनुमति दिएको छ।

बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो।

सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

पक्राउ पर्नेमा न्यौपाने र गौतमसहित सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन्। यी सबै उपर कर्जा अपचलन गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->