शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

‘सुरक्षाबिना न्याय र विकास संभव हुँदैन’

‘सुरक्षाबिना न्याय र विकास संभव हुँदैन’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार

बागलुङ, १६ फागुन– सुरक्षाबिना न्याय र विकास संभव नहुने सरोकारवालाले बताएका छन् । पञ्चकोटमा संचालन भैरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आयोजना भएको राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दतीको कार्यान्वयन बिषयक सम्मेलनमा सरोकारवालाले न्याय र सुरक्षा समपुरक भएको पनि बताए ।
पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले न्याय भएको समाजमा द्वन्द्व नहुने बताए । उनले द्वन्द्व नहुने वातावरण बनाउन सुरक्षाको प्रत्याभूति हुनुपर्ने र समाजमा समानुपातिक विकास हुनुपर्ने बताए । उनले विकासमा बिभेदीकरण, न्यायमा जनताको पहुँच नहुँदा संघियता आएको तर त्यो फाइदा जनताले लिन नसकेको बताए ।
‘संघियतामा हरेक पालिकामा न्यायिक समिति छ, त्यहाँबाटै धेरै मुद्दा छिनोफानो हुन्छ’ उनले भने, ‘घरछेवैको पालिकाबाट विकास गर्न पाउँदा जनताले सिंहदरवार धाउनु पर्दैन ।’ यो मर्मले स्थापित संघियता सोचेअनुरुप नहुँदा बिरोधका आबाज आइरहेको उनले बताए । उनले जनप्रतिनिधिले यो आबाज सम्बोधन गर्नुपर्ने बताए ।
पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुरक्षा नहुँदा विकास पनि अबरुद्ध भएको बताए । उनले ८ प्रतिशतको विकास घटेर सशष्त्र द्वन्द्वको समयमा नेपालको विकास नकारात्मक भएको उनले स्मरण गराए । सुरक्षा भनेको प्रहरीले पहरा दिने मात्र नभइ आम नागरिकको मनमा आउने विश्वास समेत रहेको उनले बताए ।
कार्यक्रममा सुरक्षाविद डा. मेघ खत्रीले हरेक नेपालीलाई भयरहित वातावरणमा काम गर्ने अबसर चाहिएको बताए । उनले नागरिकको बाँच्न पाउने अधिकारदेखि उच्च पदस्थको सुरक्षामा खटिएको नेपाल प्रहरीको कामको समेत प्रशंसा गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरन्जिवी शर्मा, बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ लगायतले सुरक्षा न्यायको सिद्दान्तमा आधारित भएको बताएका थिए । उनीहरुले जव सम्म न्यायपूर्ण समाजको स्थापना हुँदैन, तबसम्म राष्ट्रिय सुरक्षामा पनि खतरा आइरहने बताएका थिए । आन्तरिक सुरक्षा कायम गर्न नसकेमा बाहिरी देशबाट पनि सँधै सुरक्षाको चुनौती भइरहने उनको धारणा थियो ।
ब्रम्हाण्डीय महायज्ञमा दैनिकजसो कुनै न कुनै बिषयमा सम्मेलन, प्रस्तुतीकरण र छलफल भैरहेका छन् । महायज्ञमा भागवत पुराणको वाचन, भजन, धान्याञ्चल तथा प्रसाद बितरण सँगै राष्ट्रिय बिषयमा समेत सम्मेलन भएको हो । यस्ता सम्मेलनले राष्ट्रिय महत्वबारे आम नागरिकले बुझ्न पाउने पञ्चकोट धामका संरक्षक स्वामी कमलनयनाचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->