शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

‘सोच बदलौं, खुसी आफैं मिल्छ’

‘सोच बदलौं, खुसी आफैं मिल्छ’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८०, शुक्रबार

बागलुङ / कोरोना महामारीका समयमा योग र ध्यानले अली बढी चर्चा पाए । बिरामीले आयुर्वेदीक पद्धति अपनाउने र योग ध्यानको उपयोग गर्ने बानीमा फेरि पुनःजीवन पायो । पछिल्लो समय योग, ध्यान र खेलकुदका गतिविधि बढेका छन् । जसले मानसिक स्वास्थ्यमा राम्रो प्रभाव राख्ने जानकारहरु बताउँछन् ।

दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने योगविद्हरुले बताएँछन् । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आठौं दिन योग तथा खेल सम्मेलनमा विज्ञहरुले नेपाल योगको भूमि भएको बताए । उनीहरुले योगले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउनेमा जोड दिए ।

सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले समृद्ध देशको लागि सर्वसाधरणको आर्थिक र मानसिक स्वास्थ्य पहिले समृद्ध हुनुपर्ने बताइन् । समृद्धिका कुरा गर्नुपूर्व स्वास्थ्यमा समृद्धिको खोजी अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

‘हामीले समृद्धिको कुरा गर्दछौं,’ रानाले भनिन्, ‘जबसम्म जनता आर्थिक र मानसिक रुपमा स्वस्थ र समृद्धि हुँदैनन् तबसम्म देश समृद्ध हुँदैन ।’ योग, ध्यान र खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य सवल बनाउन सहयोग गर्ने उनको भनाई थियो । अहिलेको आवश्यकता स्वस्थ सोच, स्वस्थ आहार, स्वस्थ शरिर र स्वस्थ संस्कार रहेको उपसभामुख रानाले भनाइ छ ।उनले खेलकुद देशको लागि महत्वपूर्ण रहेको बताइन् ।

राष्ट्रको उन्नतीको लागि पञ्चकोटमा बनाइएको पूर्वाधार र योजनाहरु उत्कृष्ट रहेको रानाको धारणा छ । ‘आज महायज्ञमा आउँदा पञ्चकोटमा बनाइएका पर्यटकीयस्थलहरु अवलोकन गरँे,’ उनले भनिन्, ‘विश्वमा भइरहेका द्वन्द्वहरुको अन्त्य हुनुपर्छ भनेर यहाँ महायज्ञ मेत लगाइएको छ । राष्ट्र उन्नतिको लागि पञ्चकोटमा बनाइएको योजना उकृष्ट रहेको छ ।’
योग–ध्यान आरोग्य सञ्जाल नेपालका अध्यक्ष डा. सुवास घिमिरेले योग गर्नले सवास्थ्य आफैं स्वस्थ हुने बताए ।

अध्यक्ष घिमिरेले भने,‘सोच बद्नुहोस् खुसी आफै मिल्छ, स्वभाव बदल्नुहोस् इज्जल आफै मिल्छ । योग गर्नुहोस् स्वास्थ्य आफैं मिल्छ । सही बाटो समात्नुहोस्, बाटो आफंै मिल्छ ।’ योग नभइकन खेलकुद सम्भव नभएको उनको भनाई छ ।

अध्यक्ष घिमिरेले नेपाल योगको भूमि रहेको बताए । उनले भागवत गितामा पनि योगलाई सफलता र कार्यकौशलता विकास गर्न सहयोग पुग्ने विश्लेषण गरिएको बताउँदै योग जीवनको अपरिहार्य कार्य भएको बताए ।

योग नभइ खेलकुद सम्भव नभएको अध्यक्ष घिमिरेको भनाई छ । ‘योग नभइ खेलकुद सम्भव छैन,’ उनले भने, ‘योग नभइ कुनै कुरा सम्भव नभएको अहिले मेडिकल साइन्सले प्रमाणित गरेको छ ।’ योग तथा खेलकुद प्रबद्र्धन सम्मेलनका संयोजक योग विज्ञ डा. चिन्तमणि गौतमले योगको स्वास्थ्य प्रति अथाह योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->